सरकार ! नग्न नृत्य बन्द गर: नविन यादव



काठमाडौँ। नेप्लिज मेडिकल स्टुडेन्टस एसोसिएसन बंगलादेशका अध्यक्ष नविन यादवले कोरोना जस्तो महामारी पनि सरकार गम्भीर नबनेको टिप्पणी गरेका छन्।

बंगलादेशमा बसेर चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुको उद्दारको आवाज उठाउँदै आएका अधयक्ष यादवले यस्तो बेलामा नेपाल सरकारले राजनीतिक अस्थिरताको नग्न नृत्य देखाएको टिप्पणी गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला सारा विश्व आ-आफ्ना नागरिकको सुरक्षाको निम्ति लागिरहेका छन्। अनि हाम्रो देशको नेतृत्व यस्तो महामारी पनि मजाक गर्ने काम बन्द गर। सरकार क्वारेन्टाईन व्यवस्थापनामा ध्यान दे। कोरोना परिक्षणको क्षमता बढाउ। यस्तो बेला आफ्नो ज्यानको बाजी लगाएर अहोरात्र सेवामा खटिरहेका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउ।

यादव अगापिड लेख्छन्, ‘हौशला बढाउ। लकडाउनले मात्र पुग्दैन, आफ्नो नैतिकता अनि सोच पवित्र राखी हेर। सबै व्यवस्थापन गर्न सकिन्छ। अनि बिदेशमा असुरक्षित महसुस गरिरहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन तयार होउ। बिदेशमा त्रसित अवस्थामा रहेका नेपाली विद्यार्थी एवं नेपाली नागरिकहरुको अनुरोधलाई आक्रोशमा बदल्ने प्रयास भइरहेको छ। समयमै उद्धारको पहल होस्। नग्न नृत्य बन्द गर।’