हमाल र कुँवरको सहयोगमा खाद्य सामग्री हस्तान्तरण



काठमाडौँ। चौथो चरणको लकडाउनका कारण समस्यामा परेका कर्णालीबासीहरु यतिबेला कोही घर फर्किने बाटो कुरिरहेका छन्। कोही राजधानीमै बसेर कोरोनाको महामारीसँग लड्ने भनिरहेका छन्।

केही मान्छेहरुलाई खान र बस्न समस्या सिर्जना भएको छ। घर धनीले भाडा माग्ने गरेकाले ज्यालादारी गरेर खाने र विद्यार्थीहरु समस्यामा परेका हुन्। पहिलो चरणको लकडाउनदेखि नै कर्णाली सन्देश डटकमले फ्लोअप गरिरहेका केही मजदुर तथा विद्यार्थीहरुलाई विभिन्न व्यक्तिहरुले खाद्य सामग्री प्रदान गरिरहेका छन्।

बुधबार राष्ट्रिय युवासंघ नेपालका केस वकिल बम, अनेरास्ववियूका केस तपेन्द्रजंग शाही र आरआर क्याम्पसका स्ववियू सहसचिव शिवशंकर न्यौपानेको संयुक्त पहल तथा तरुणदल कालिकोटका पूर्व सभापति राजकुमार हमाल र नेपालकै चर्चित क्लव एलओडिका संचालक भुपेन्द्र शमशेर कुँवरको सहयोगमा २५ जनालाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ।

राजधानीको टोखा, बसुन्धारा, सामाखुशी, गोकर्णेश्वर, काव्रेस्थलीलगायतका स्थानमा रहेका ज्यालादारी तथा विद्यार्थीहरुलाई करिब ३० हजार मुल्य बराबरको खाद्य सामग्री हस्तारन्तरण गरिएको नेता बमले जानकारी दिए।

नेता बमका अनुसार खाद्य सामग्रीका लागि आर्थिक सयोग गर्ने व्यक्ति हमाल हाल अमेरीकामा बस्दै आएका छन्। त्यस्तै कुँवर नेपालकै चर्चित क्लव एलओडिका सञ्चालक तथा युवा समाजसेवी हुन्।