नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो



काठमाडौं। धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

उनीहरू तीनैजना उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के बस्तीका हुन्।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले  २४, ६० र ७२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए।योसँगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ।

अहिलेसम्म सात जना निको भएर घर फर्किसकेका छन्। अन्य ३५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

आज संक्रमण देखिएका तीन जनालाई पनि अस्पतालमा भर्ना गर्ने तयारी भइरहेको छ।