लकडाउनको एक महिना



काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई दृष्टिगत गरेर लकडाउन लागू गरेको थियो। गत चैत ११ गते जारी गरिएको लकडाउनको अवधि बुधबार ३० दिन पुगेको छ।

उक्त लकडाउनका कारण सबैभन्दा बढी दैनिक जनजीवन प्रभावित बनेको छ। कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर असर परेको छ। अत्यावश्यक काम र सेवाका लागि मात्र सडकमा आउन सरकारले पासको व्यवस्था गरेको छ।

सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँचलाई कडाई गरेका छन्। चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन्। सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ। यस्तै ४ जनालाई निको भइसकेको छ। अहिलेसम्म ८ हजार ७ सय ७३ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ।

८ हजार ७ सय ३१ जनामा कुनैपनि संक्रमण देखिएको छैन्। यस्तै पछिल्लो समय १ सय ७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।