लकडाउन अवधिभर सहयोग गर्ने नेता शाहीको प्रतिवद्धता



काठमाडौँ। लकडाउनका कारण करिब एक महिनादेखि सबै काम बन्दछ। देश पूरै ठप्पछ। मजदुरीको काम बन्द भएपछि कसरी परिवार पाल्ने ? भन्ने चिन्ताले मजदुरहरुलाई पिरोली रहेको छ। बिहान खाए साँझ के खाउ? भन्ने पिरले थिचिएको स्थिति छ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले गत चैत्र ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेपछि मजदुरी गरेर खाने अधिकांश मारमा परेका छन्।

राहत सामाग्री आमाले बुझेर घरभित्र राख्दै गर्दा मलिन अनुहार लगाउदै सानी बालिकाले भनिन अंकल चाउचाउ नि दिनुस न। यो आवाज थियो अनुस्का मुक्तानको। जो वचन नेपाली काङ्ग्रेसका युवा नेता तथा तरुणदलका महामन्त्री भूपेन्द्रजंग शाहीले सुनेका हुन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिनका लागि नेपाललाई लकडाउन जारी छ। यसैले कुनै पनि मजदुरले काम गर्न नपाएपछि भोकै रहेकी हेटौंडा जिल्ला घर भई काठमाडौंमा बस्दै आएकी अनिता मुक्तानलाई चामल, दाल, तेल, तरकारि, चिनि दिर्दै गर्दा सानि नानी अनुस्का मुक्तान छेउमै आएर चाउचाउ मागेकी थिईन्।

संचार माध्यममा खाद्यन्नको अभावले मुक्तानको चुलोमा आगो नबलेको खवर पाएपछि कांग्रेस नेता शाहीले खाद्य सामग्री बोकेर मुक्तानको घरमै पुगि सहयोग हस्तान्तरण गरेको थिए। खाद्यन सकिएकी महिलाले राहत पाएपछि खुशि हुँदै युवा नेता शाहीलाई धन्यवाद दिएकी थिइन्। नेता शाहीले कर्णाली सन्देशसँग भने, ‘ति सानी नानीको त्यो चाउचाउ मगाइले मलाई साह्रै भावुक बनायो अनि ‘मैले खाद्यन्न मात्र लिएको थिए, फेरि केही व्यवस्था गरेर चाउचाउ र विस्कुट पनि दिए।’

यसका साथै युवा नेता शाहीले ललितपुरमा बस्ने मिना ओलिको परिवार, कोटेस्वर बस्ने राजु ढुङनालगायतका परिवारहरुलार्इ सहयोग प्रदान गरेका छन्। लकडाउनले अप्ठ्यारोमा परेका नागरिकका लागि सरकारले नै राहतको प्याकेज ल्याउन शाहीले आग्रह गरेका छन्।

नेता शाहीले सरकारले जारी गरेको लकडाउन काठमाडौं उपत्यकामा रहेका कालिकोट, कर्णालीबासीसंगै दैनिक जिविका चलाउन कठिन भएका अन्य जिल्लाकालाइ समेत राहत वितरण गरिरहेका छन्।

नेता शाहीले भक्तपुरदेखि थानकोटसम्म कोठाभाडाका बस्नेहरुका कोठा कोठामा पुगेर सहयोग स्वरुप खाद्यन्न वितरण गरिरहेका छन्। राहत प्याकेजमा चामल, दाल, तेल, नुन, चिनि रहेको छ।

करिव एक महिनादेखि लागु लकडाउनले गरिब, विपन्न, ज्यालादारी गर्ने मजदुर र असङ्गठित क्षेत्रमा काम गर्नेहरु सबैभन्दा बढी प्रभावित छन्। लकडाउनले उनीहरुको कमाउने, खाने र बाँच्ने अवसर खोसिएको छ। समस्यामा परेकालार्इ लकडाउ अवधिभर आफूले सक्दो सहयोग गर्ने नेता शाहीले बताएका छन्।