अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रने नेता कर्णको चेतावनी



काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता एवं संविधान सभाका पूर्व सभासद रञ्जित कर्णले सरकारको सिफारिसमा सोमबार राष्ट्रिपति भण्डारीले प्रमाणिकरण गरेको दल विभाजनससम्बन्धी अध्यादेशप्रति भत्सर्ना गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल मार्फत नेविसंघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका कर्णले लेखेका छन्, सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदका (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णय प्रति घोर भत्सर्ना गर्दछु।’

नेता कर्णले अगाडि लखेका छन्, ‘विश्वमा कोरोना महामारी फैलिएको अवस्थामा नेपाललाई डब्लूएचओले उच्च जोखिमको सूचीमा राखेसँगै नेपालमा पनि लकडाउन गरिएको यस संवेदनशिल घडीमा सरकारले आम जनताको स्वास्थ्यमा ख्याल राख्नुको सट्टा सत्ताको उन्मादमा गैरसंवैधानिक गतिविधि गर्दै भ्रष्टाचारमा लिप्त हुनु अधिनायकवादको पराकाष्ठा हो।’

उनले लेखेका छन्, ‘तत्काल सरकारले गरेका अलोकतान्त्रिक निर्णयहरु फिर्ता लिन जोडदार माग गर्दछु। अन्यथा हामी आम नेपाली जनता एवं नेपाली कांग्रेस पार्टीले यस कदमविरुद्ध सामाजिक दुरी कायम गर्दै प्रत्येक चोक चोकमा कालो झन्डा देखाएर आन्दोलन उत्रने चेतावनी दिन चाहान्छौं।’