हिमा गाउँपालिकाको नाममा अदालतको अन्तरिम आदेश



जुम्ला। उच्च अदालत सुर्खेत, जुल्ला इजलासले हिमा गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ।

मगंलबार जुल्ला इजलासले उजुरी कर्ता प्रतिभा शाही र नेत्रबहादुर शाहीको पक्ष र हिमा गाउँपालिकाको विपक्षमा अन्तरिम आदेश जारी गरेको छ।

प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट अधिवक्ता पदमबहादुर शाहीले भिडियो कन्फरेन्स प्राणाली मार्फत उक्त रिट निवेदन माथिको वहसमा भाग लिएका थिए।

गत चैत २८ गते डिपोबाट खरिद गरिएको डेटस्पायर आयोडिन नुन जिल्लाको हिमा गापाले वितरण गरेको थियो। म्याद नाघेको नुन वितरण भएको विषय अदालसम्म पुगेको थियो।

स्थानीय बासिन्दासहित नेपाली कांग्रेस जुम्लाका नेता कार्यकर्ताले समेत आवश्यक छानविन गरि दोषी उपर कारबाहीको मागसमेत गरेका थिए।

जिल्ला प्रशासन कार्यालय, जुम्लाले २०७६/१२/२८ मा वितरित नुनको गुणस्तर सम्बन्धमा पत्रप्राप्त भएको मितिले ३ दिनभित्र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय, सिंजालाई वितरित नुनको गुणस्तर सम्बन्धमा लिखित जानकारी पेश गर्नु भनी पत्राचार गरिएको थियो।

बमोजिम उक्त कार्यालयबाट २०७६/१२/३० गते यस कार्यालयमा प्रेशित पत्रअनुसार माग गरिए बमोजिमको विवरण प्राप्त नभएकोले पुनस्जिल्ला प्रशासन कार्यालय, जुम्लाबाट २०७७/०१/०३ गते जनस्वाथ्य तथा स्थानीय शान्ति सुरक्षामा प्रतिकुल प्रभाव पार्ने अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यालयको गोदाममा रहेको नुन विक्री वितरण कार्यालयलाई अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिईएको थियो।