सुर्खेत। नेपाल तरुणदल सुर्खेतका अध्यक्ष हरि बिष्टले देशका विभिन्न जिल्लामा अलपत्र तथा असजिलोमा परेका नागरिकहरुको उद्दार तथा व्यवस्थापन गर्न कर्णाली सरकार असफल भएको टिप्पणी गरेका छन्।
कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले चौथो चरणको लकडाउन जारी राखेको छ। उक्त लकडाउनका कारण संघीय राजधानी काठमाडौँलगायत अन्य जिल्ला असहजता खेपिरहेका कर्णालीबासीको उद्दार तथा व्यवस्थापन गर्न कर्णाली सरकारले नसकेको अध्यक्ष बिष्टको आरोप छ।
पहिलो चरणको लकडाउनसँगै सहजतामा परेका व्यक्तिहरुलाई व्यक्तिगत रुपमा सहयोग गर्दै आइरहेका अध्यक्ष बिष्टले आइतबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘सर्वोच्च अदालतको आदेशपछि धेरै जसो प्रदेशका पैदल यात्री मजदूरलगाएत काठमाडौँमा डेरा गरि बस्ने व्यक्तिहरु आ-आफ्नो घर पुगिसके। के हाम्रो कर्णाली प्रदेश सरकारको मात्र हैसियत नपुगेको हो त ?’