विष्णु फडेरा,
जुम्ला। विश्व महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले गाँउमा नफैलियोस भनेर दैवी शक्तिको भर पर्न थालेका छन्।
परापुर्व कालदेखि दैवी शक्तिको भरपर्दै आएका कर्णालीका जिल्लामा रोग, भोक र शोकका बेला बढी दैवी शक्तिको भर पर्ने गरेका स्थानीय बताउँछन्। यसै गरी परापुर्व कालको प्रथालाई निरन्तरता दिंदै हुम्लामा कोरोना गाउँमा प्रवेश नगरोस भन्ने मान्यताले सनिबार गाउँका सबै जनालाई काँडाले पिट्ने र खसि गाउँ निकाला गरिएको छ।
हुम्ला जिल्लाको साविकको सर्किदेउ गाविस हाल (सर्केगाढ गांउपालिका) १ र २ नम्बर वडा रिपमा सनिबार राती गाउँमा सबैको घरका मुख्य मालिकले आफ्ना परिवारलाई रोग भोक र शोक नलागोस् भनेर काँडाले चोट नलाग्ने तरिकाले पिट्दै होहल्ला गर्दै गाउँदेखि करिब एक किलोमिटर टाढा फालिएको स्थानीय सिक्षक नवराज फडेराले बताए।
उनका अनुसार गाँउमा परापुर्वकालदेखि मनाउँदै आएको देउताले भने बमोजिम गर्दा रोग र भोकले गाँउलाई नछुने मान्यता रहदैं आएको छ। पहिलेदेखि देउताकै भर परेकोले हामीले मनाउँदै आएको सर्की देवता हेराएर देवताले रातो कपडामा जौ दाल र रातै कपडाले छोपेर खसिलाई गाउँ वरिपरि घुमाएर गाउँ निकाला गरे भने रोग आउन नदिन मैले सहयोग गर्छु मेरा भक्तलाई भनेको भएर यो सबै गरिएको अर्का स्थानीय बिर्सिंङ फडेराले बताए।
वडा नं २ रिपका प्रसाशन सहाएक पासांङ महताराका अनुसार १२ थरिको अनाज बनाएर खसिको टाउकोमा घुमाएर गाउँको चौबाटो पर्ने सांगुडिमा फालेको हो। यसरी फाल्दा कोरोना न आउने विश्वस गरिएको महताराले बताए।
गाउँको साझा रकम खसी मालिकलाइ दिएर करिव १० हजार मुल्य बराबरमा खसी किनिएता पनि खसिको मूल्य भने नतोकिएको महताराले जानकारी दिए। त्यसै गरि रिप गाउँमा बाहिरबाट कसैलाई प्रेवेश नगर्न दिन लेप्च्यामा हेल्थ डेस्क इस्थापना गरेको छ। अन्य गाउँबाट रिपमा प्रवेशमा कडाई गरिएको पनि स्थानीयले बताएका छन्।