काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका पार्टी सचिवालय सदस्य जजराज शाहीले १० बोरा चामल अनेरास्ववियू केन्द्रीय कमिटीलाई हस्तान्तरण गरेका छन्।
आइतबार राजधानीको शंखमुलमा अनेरास्ववियूका संयोजक ऐन महर र आरआर क्याम्पसका सभापति तथा केन्द्रीय कमिटी सदस्य तपेन्द्रजंग शाही मार्फत १० बोरा चामलसहित अन्य खाद्य सामग्री हस्तान्तरण गरेका हुन्।
आरआर स्ववियु सह-सचिव शिवशंकर न्यौपानेका अनुसार युवा व्यवसायीसमेत रहेका नेता शाहीले राजधानी बाहिरबाट पढ्न आएका विद्यार्थीहरु लकडाउनका कारण समस्यामा परेको खबर सुनेपछि उक्त परिमाणको खाद्य सामग्री अनेरास्ववियूलाई हस्तान्तरण गरेका हुन्।
कोरोना भाइरस (कोभिड-१९) नामक महामारीले यतिबेला विश्व मानवप जगत संकटावस्थामा पुगेको छ। त्यसको असर नेपालमा पनि परेको छ। यस्तो समयमा समासेवी, व्यवसायी तथा सहयोगी मनहरुको सहयोग तथा अनेरास्ववियूको पहलमा समस्यामा परेका विद्यार्थीहरुलाई राहत वितरण गरिँदै आइरहेको न्यौपानेको भनाई छ।
यो समाचार तयार गर्दाको समयसम्म कोरोनाका कारण विश्वमा एक लाख ६० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ। त्यस्तै २३ लाखाभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित बनेका छन्। नेपालमा ३१ जना संक्रमित बनेका छन् भने तीन जना निको भएर घर फर्कि सकेका छन्।
तस्बिर:- शिवशंकर न्यौपाने