नेताद्वय सिम्खडा र शाहीद्वारा खाद्य सामग्री प्रदान



काठमाडौँ। नेपाल कम्युनिष्ट पाटी (नेकपा) का कर्णाली प्रदेश कमिटी सदस्य तुलाराज सिम्खडा र राष्ट्रिय युवासंघ नेपाल, अनुसाशन आयोगका केस नेता मेघराज शाहीको पहलमा बेखर्ची बनेका व्यक्तिहरुलाई खाद्यान्न हस्तान्तरण गरिएको छ।

सरकारले घोषणा गरेको चौथो चरणको लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्य सामग्री हस्तान्तरण गरिएको नेता शाहीको भनाई छ।

उनका अनुसार उपत्यका काठमाडौँ र भक्तपुरमा रहेका नागरिकलाई राहत प्रदान गरिएको हो। नेता शाहीका अनुसार एक क्वीन्टल ४० केजि चामल, २० केजि दाल, १६ लिटर तेललगायत सामग्री हस्तान्तरण गरिएको हो।

कोरोना भाइरसका कारण विश्व मानव जगत यतिबेला संकटको खडिमा छ। कोरोना भाइरसका कारण विश्वमा डेढ लाखभन्दा बढीको ज्यान गइसकेको छ भने करिब २३ लाख मान्छे संक्रमित बनेका छन्।