पूँजीपति वर्गले मजदुरहरुको समस्या बुझ्दैनन्: लेखनाथ न्यौपाने



काठमाडौँ। नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले पूँजीपति वर्गले मजदुरहरुको समस्या बुझ्न नसक्ने ठोकुवा गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेशबुक मार्फत नेता न्यौपानेले नाफा खोरहरुबाट असिमित लुटिएकाहरु फरक धरातल र अवस्थामा बाँचिरहेका हुँन्छन् भन्दै अलपत्र परेका मजदुरहरुको पक्षमा विचार संप्रेषण गरेका छन्।

उनले लेखेका छन्, ‘नाफा कमाउने उद्देश्यले शाषन सत्तामा पुगेका र तिनीहरुले नाफ कमाउने धन्दाबाट असीमित लुटिएकाहरु फरकफरक वस्तुगत धरातलमा बाँचेका हुन्छन्। त्यसकारण उनीहरुको चेतना र धारणा पनि त्यही अनुसार निर्माण हुन्छ। पूँजीपति वर्गले मजदुरहरुको समस्या बुझ्दैन किन कि उससँग पसिनाको मर्म र मूल्य बुझ्ने चेतना नै हुँदैन।’

उनले अगाडि लेखेका छन्, ‘मान्छे कुन ठाउँमा बसेको छ, उसले त्यही तहको वस्तुगत धरातल नियाल्छ र चेतना (विचार) संगठित गर्छ। जस्तो बानेश्रवरको एकतले घरमा बसेर हेर्यो भने धोवीखोला मात्र देखिन्छ। दुई तलामाथि चढेर हेर्यो भने सिंहदरवारको पर्खाल देखिन्छ तर पाँचतले घरको छतमा गएर हेर्ने हो भने सिंहदरवारभित्र सेनाले परेड खेलेको समेत देख्न सकिन्छ।’