अनेरास्ववियूद्वारा पाँच सय विद्यार्थीलाई खाद्य सामग्री सहयोग



काठमाडौँ। अनेरास्ववियूका संयोजक ऐन महरको नेतृत्वमा शनिबार किर्तिपुरमा पाँच सय जना विद्यार्थीहरुलाई खाद्यान्न सामग्री प्रदान गरिएको छ।

अनेरास्ववियूका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंग शाहीका अनुसार अनेरास्ववियू केन्द्रीय कमिटीका तर्फबाट लकडाउनका कारण समस्यामा परेका पाँच सय जना विद्यार्थीहरुका १५ केजिका दरले उत्त सहयोग प्रदान गरिएको हो।

किर्तीपुर नपा र प्रहरीको सहयकार्यमा अनेरास्ववियूले चामलको साथै १० क्वीन्टल दाल, पाँच सय लिटर तेल प्रदान गरेको र केही विद्यार्थीहरुलाई आइतबार पनि वितरण गरिने सभापति शाहीको भनाई छ। केन्द्र सकरारले स्थानीय सरकारलाई समस्यामा परेका नागरिकलाई संरक्षण गर्न निर्देशन दिए पनि असली पीडितले राहत पाउन सकेका छैनन्।

साथै समस्यामा परेका विद्यार्थीहरु विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुलाई सम्पर्क गरेर आफूहरुलाई सहयोग गर्न आग्रह गरिरहेको सभापति शाही बताछन्।

उनी भन्छन्, ‘राज्यले समस्यामा परेका मान्छेहरुको संरक्षण र व्यवस्थापन गर्नुपर्छ। तथापी नसकेको अवस्थामा व्यत्तिगत तथा संगठनहरुले आफ्ना विद्यार्थीहरुलाई सहयोग गर्नुपर्छ।’