विद्यार्थीलाई राहत बाँडेर नेविसंघले मनायो स्थापना दिवस



काठमाडौं। नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ले विभिन्न कार्यक्रम गरी देशैभर ५१औं स्थापना दिवस मनाएको छ।

कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेकोले नेविसंघले भेला र सभा नगरी राहत वितरण, रक्तदान, अलपत्र परेका मजदुरको उद्धार गरी स्थापना दिवस मनाएको हो।

दिवसका अवसरमा शनिबार काठमाडौं लगायत ७७ जिल्लामै राहत वितरण र रक्तदान कार्यक्रम गरिएको र केही ठाउँमा अपलपत्र परेका मजदुरलाई खान खुवाइएको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए।

काठमाडौं उपत्यकामा पनि लकडाउनका कारणा अप्ठेरोमा परेका विद्यार्थीलाई राहत वितरण गरिएको उनले बताए। यहाँका कोटेश्वर र सानोठिमी क्याम्पसलगायतमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरिएको उनको भनाइ छ।