कांग्रेसका युवा नेता शाहीको पहलमा दुई सय परिवारलाई खाद्यान्न सामग्री सहयोग



काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता एवं नेपाल तरुणदलका महासचिव भुपेन्द्रजंग शाहीले राजधानीका विभिन्न स्थानमा पुगेर करिब दुई सय परिवारलाई खाद्यान्न सामग्री सहयोग प्रदान गरेका छन्।

कर्णाली प्रदेशको कालिकोट, मुगु, दैलेख, सुर्खेत, जाजरकोट स्थायी घर भएका र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दैनिक ज्यालादारी, मजदुर, विद्यार्थी र बेखर्ची बनेका व्यक्तिहरुलाई महासचिव शाहीले १७ सय केजी (१७ क्वीन्टल) चामल, १७० केजि दाल, १५० पोका तेल प्रदान गरेका छन्।

कोरोनाका कारण सरकारले चौथो पटक लकडाउनको समयावधि थप गरेपछि असजिलोमा परेका व्यक्तिहरुले आफूलाई खबर गर्ने गरेको महासचिव शाहीको भनाईछ।

यो पनि पढ्नुहोस्

जुन सुत्केरीले न घर जान पाईंन्, न पेटभरी खान !

उनले भने, ‘महामारीमा सरकार एक्लैले हरेक जनताको अभाव र समस्या समाधान गर्न सके धेरै राम्रो हो। तर, केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय सरकारले राहत तथा सहयोग वितरण गर्न नसकेको स्थिति छ।’

उनले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा भने, ‘त्यसैले बिहान खाए बेलुका के खाउ? भन्ने स्थितिका ज्यालादारी, भाडामा बस्ने विद्यार्थीहरु, बेखर्ची बनेका अन्य नागरिकहरुले साच्चिकै राहत पाएका हुन्थे भने हामीलाई किन खबर गर्थे? महामारीमा सकारले सबैको समस्या एक्लैले समाधान गर्न सक्दैन। असहजतामा परेका मान्छेहरुले मलाई खबर गर्नुभयो। त्यसैले केही व्यक्तिगत तथा केही सयोग जुटाएर सहयोग गरिरहेको छु।’

उनले अगाडि भने, ‘आज हामीले भक्तपुरका विभिन्न स्थान र काठमाडौँका विभिन्न स्थानमा पुगेर केही दिनलाई भएपनि सहयोग होस् भन्ने हेतुले चामल, दाल र तेल प्रदान गरेका छौं। बाँकी दिनमा पनि सकारले नहेरेको र राहत नपाएर भोकै बस्ने अवस्था आएका मानिसका लागि हामीले सहयोग गर्नेछौं। हामीले राहत वितरण गरेका होइनौं, सहयोग गरेका हौं।’

महासचिव शाहीले यसअघि राजधानीको नरदेवीमा बस्ने कालिकोटकी एक सुत्केरीलाई भटेर लकडाउ अवधिभर पर्ने असहजतामा सहयोग गर्ने वचन दिएका थिए।