काठमाडौँ। नेपाल विद्यार्थी संघ, (आरआर) क्याम्पस समितिका सचिव अनुराग शाहले नेविसंघलाई शसक्त बनाउनुपर्ने बताएका छन्।
नेपाल विद्यार्थी संघको ५१औँ स्थापना दिवसका अवसरमा नेता शाहले संगठनलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्ने बताएका हुन्। उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल विद्यार्थी संघ स्थापाना भएको आज ५० वर्ष पुगेर ५१औँ बर्षमा प्रवेश गरेको अवसरमा नेपाल विद्यार्थी संघसँग आस्था राख्ने सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। कुनै बेला नेपालमा लोकतान्त्रिक ब्यबस्था स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेलेको नेपाल विद्यार्थी संघ आजको दिनसम्म आईपुग्दा सुस्ताएको छ।’
उनले अगाडि लेखेका छन्, ‘हाम्रो संघीय राजधानी काठमाडौंको रत्नपार्क देखि प्रदशनिमार्गका सडकहरूमा नेपाल विद्यार्थीसंघले आन्दोलन गर्दा कुनैबेला सत्तामा भएका शासकहरुको मुटु काप्ने गर्थ्यो। त्यस्तो उर्जा र शक्ति बोकेको नेपाल विद्यार्थी संघ अहिले निकै कम्जोर भएको यथार्थ हो। नेपाल विद्यार्थी संघले आन्दोलनको आव्हान गर्दा हज्जारौं विद्यार्थीहरुको सहभागीता स्वतस्फूर्त रुपमा हुने गर्थ्यो। अहिले त्यो अवस्था परिवर्तन भएको छ। र बिगत आधा दशक यता नेपाल विद्यार्थी संघले आव्हान गरेका आन्दोलनमा मुस्किलले सय जना जति विद्यार्थी नेताहरू जम्मा हुने गरेका छन। त्यो आन्दोलनले न त अहिलेको सर्वसत्तावादी पथमा रहेको सरकारका साशकलाई सच्याउन सकेको छ, नत जनता माझ कुनै राम्रो सन्देशनै प्रवाह गर्न सकेको छ।’
नेविसंघको अवस्थाप्रति गम्भीर भएर समिक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। उनले अगाडि बताएका छन्, ‘आगामी दिनमा अहिले जुन अवस्थाबाट नेपाल विद्यार्थी संघ गुज्रिएको छ, यो अवस्थाबाट नेपाल विद्यार्थी संघले छिट्टैनै पार पाओस् र दुई तीन दशक अघिको जस्तै उर्जावान र परिवर्तन मुखी संगठनमा नेपाल विद्यार्थी संघ रुपान्तरण होस्। सम्पुर्ण लोकतन्त्र प्रेमी विद्यार्थीहरुमा पुन संघको स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’