काठमाडौँ। ‘रेम्डेसिभिर’ नामक प्रायोगात्मक औषधी लिइरहेका कोभिड–१९ का बिरामीहरु चाँडो निको भइरहेको समाचार स्टाट न्युजले बिहीबार प्रकाशित गरेको छ। यस औषधीको प्रयोगबारे भइरहेको छलफलको भिडियोको आधारमा उक्त समाचार तयार गरिएको थियो।
यस औषधीको क्लिनिकल ट्रायल ९परीक्षण० मा भाग लिएका बिरामीहरुमा श्वासप्रश्वास सम्बन्धी गम्भीर लक्षण तथा ज्वरोको लक्षण रहेको थियो । तर, उनीहरु उपचार शुरु गरेको एक हप्ताभन्दा कम समयमा अस्पताल छाड्न सफल भएको यस परीक्षणको नेतृत्व गरिरहेका एक डाक्टरको भनाइलाई उद्धृत गर्दै समाचारमा भनिएको छ।
‘सबैभन्दा खुसीको समाचार भनेको हाम्रा धेरै बिरामीहरु डिस्चार्ज भइसकेका छन्,’ परीक्षणको नेतृत्व गरिरहेकी सिकागो विश्वविद्यालयमा संक्रामक रोग विशेषज्ञ डा। क्याथलिन मुलेनले भिडियोमा भनेकी छिन् । यस विषयमा प्रतिक्रिया दिन सीएनएनले गरेको आग्रहमा भने उनले बोल्न मानिनन्।
सिकागो विश्वविद्यालयले भने मुलेनको प्रतिक्रया आशिंकरुपमा मात्र सत्य भएको बताएको छ । ‘जारी क्लिनिकल ट्रायलको आशिंक तथ्यांक पूर्ण हुँदैन र यसबाट जाँचमा रहेको सम्भावित उपचारको सुरक्षा र प्रभावकारिताबारे निष्कर्ष निकाल्न हुँदैन,’ विश्वविद्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।
यो औषधीलाई जिलिड साइन्सेसले इबोलाका लागि लक्षित गरेर निर्माण गरेको थियो । तर, जनवारमा गरिएका विभिन्न परीक्षण र अनुसन्धानमा यसले कोरोनाभाइरस सम्बन्धित कोभिड–१९, सार्स र मर्सलाई रोक्न र उपचार गर्न सफल देखिएको थियो । गत फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले पनि रेम्डेसिभिरलाई कोभिड–१९ विरुद्धको सम्भावित औषधीको रुपमा राखेको थियो।
जारी रहेको अनुसन्धानमा संलग्न रहेका समकक्षीको आन्तरिक फोरमको जानकारीलाई बिनाअनुमति प्रकाशित गरको भन्दै विश्वविद्यालयले यसबाट कुनै निष्कर्ष निकाल्नु असामयिक र वैज्ञानिकरुपमा निराधार हुने बताएको छ।
हालसम्म केही संक्रमितलाई निमोनिया र श्वासप्रश्वासमा अप्ठ्यारो बनाउने कोभिड–१९ को लागि अनुमोदित उपचार पद्दति रहेको छैन । तर, नेसनल इन्सिटिट्युट अफ हेल्थले यसको उपचारका लागि विभिन्न औषधी र उपचार विधिको परीक्षण गरिरहेको छ जसमा ‘रेम्डेसिभिर’ पनि एक हो।
यो औषधीलाई जिलिड साइन्सेसले इबोलाका लागि लक्षित गरेर निर्माण गरेको थियो । तर, जनवारमा गरिएका विभिन्न परीक्षण र अनुसन्धानमा यसले कोरोनाभाइरस सम्बन्धित कोभिड–१९, सार्स र मर्सलाई रोक्न र उपचार गर्न सफल देखिएको थियो । गत फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले पनि रेम्डेसिभिरलाई कोभिड–१९ विरुद्धको सम्भावित औषधीको रुपमा राखेको थियो ।
स्टाटले मुलेन र उनका समकक्षीहरुले गत हप्ता गरेको छलफलको भिडियो आफूहरुले प्राप्त गरेको जनाएको छ । उक्त भिडियोमा मुलेनले भनेकी छन्, ‘हाम्रो विरामीहरु गम्भीर समस्या भएका छन् र धेरै ६ दिनमा नै निको भएर फर्किरहेका छन् । त्यसैले यसको उपचारको थेरापी १० दिनका लागि आवश्यक छैन भन्ने देखाएको छ ।’
अहिले यो औषधीको एक दर्जनभन्दा बढी क्लिनिकल सेन्टरमा परीक्षण चलिरहेको छ । उता, जिलिडले कोभिड–१९ को गम्भीर समस्या देखिएका २४ सय बिरामीमा विश्वभरका १५२ केन्द्रमा यसको परीक्षण गर्दैछ भने मध्यम लक्षण भएका १६०० बिरामीमा १६९ अस्पतालमा पनि यसको परीक्षण भइरहेको छ । जिलिडले परीक्षणको नतिजा यो महिनाको अन्त्यसम्ममा आउने अपेक्षा गरेको छ ।
‘हामी कोभिड–१९ को उपचारको चाँडो आवश्यकता र हाम्रो औषधी रम्डेसिभिरबारे भइरहेको अनुसन्धानबारे चाँसोबारे बुझ्छौँ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘तर, केही बिरामीको बारेका कथा मात्र कथा हुन् ।’
हाल कोभिड–१९ र सन् २०१५ मा मर्सबिरुद्ध दक्षिण कोरियाको अभियानको नेतृत्व गरेका डा। किम वु जुले आगामीको १८ महिनाभन्दा अगाडि कोभिड–१९ को कुनै खोप आउनेमा धेरै आशावादी नरहेको बताएका छन् । तर, इबोलाको उपचारको लागि तयार गरिएको रेम्डेसिभिर औषधी र एब्बभीको एचआइभीको उपचारको लागि तयार गरिएको कालेट्रा औषधीले यसको उपचार चाँडो सम्भव हुने बताए ।
‘यस परीक्षणबारे कुनै निष्कर्ष निकाल्नुभन्दा पहिले सम्पूर्ण तथ्यांकलाई मूल्यांकन गर्न जरुरी हुन्छ। एनेक्डोटल रिपोर्ट उत्साहजनक भए पनि यतिमात्रले कोभिड–१९ को उपचारका लागि यसको सुरक्षा र प्रभावकारिताबारे सम्पूर्ण चित्र दिँदैन, ’जिलिडले भनेको छ।
यता, साउथ चाइना मोर्निङ पोष्टले पनि दक्षिण कोरियाली कोरोनाभाइरस विशेषज्ञलाई उद्धृत गर्दै भाइरसविरुद्ध खोप निर्माणभन्दा पनि यसको उपचारको पद्दति पत्ता लगाउने समय चाँडो हुने बताएको छ । यसमा पनि जिलिडको रेम्डेसिभिर औषधीको चर्चा गरिएको छ।
हाल कोभिड–१९ र सन् २०१५ मा मर्सबिरुद्ध दक्षिण कोरियाको अभियानको नेतृत्व गरेका डा। किम वु जुले आगामीको १८ महिनाभन्दा अगाडि कोभिड–१९ को कुनै खोप आउनेमा धेरै आशावादी नरहेको बताएका छन्। तर, इबोलाको उपचारको लागि तयार गरिएको रेम्डेसिभिर औषधी र एब्बभीको एचआइभीको उपचारको लागि तयार गरिएको कालेट्रा औषधीले यसको उपचार चाँडो सम्भव हुने बताए।
‘सबै कुरा सही तरिकाले अघि बढ्यो भने मलाई आशा छ यी औषधीको प्रभावकारिता तीनदेखि चार महिनाभित्र प्रमाणित हुनेछ,’ बुधबार एक अन्तरवार्तामा कोरिया युनिभर्सिटी गुरो हस्पिटलमा संक्रामक रोगका प्राध्यापकसमेत रहेका किमले भने।
किमले सोल नेसनल युनिभर्सिटी हस्पिटल र डा। एन्थोनी फाउसीले नेतृत्व गरेको अमेरिकी नेसनल इन्सटिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेजले कोभिड–१९ को सम्भावित औषधीका लागि रेम्डेसिभिरको परीक्षणका लागि सहकार्य गरिरहेको पनि बताए।
स्टाटमा औषधीको बारेमा समाचार प्रकाशित भएको केही घण्टामा नै जिलिड कम्पनीको सेयरको मूल्य १५ प्रतिशतले बढेको थियो भने शुक्रबार यो ९.७ प्रतिशत बृद्धि भएर बन्द भएको थियो। यो कम्पनी क्यालिफोर्नियामा रहेको छ।
युनिभर्सिटी अफ सिकागो मेडिसिनले १२५ जना कोभिड–१९ का बिरामीलाई जिलिडको दुई फेज ३ क्लिनिल ट्रायलका लागि समावेश गरको थियो । यसमध्ये ११३ जनालाई गम्भीर समस्या थियो। उनीहरुलाई दैनिकरुपमा रेम्डेसिभिर दिइएको थियो।
स्रोत: सीएनएन र साउथ चाइना मोर्निङ पोष्ट