कालिकोटमा परिक्षण गरिएका १ सय ८७ जनाको कोरोना नेगेटिभ



हुकम योगी

कालिकोट। कोरोना भाइरस ‘कोभिड–१९’ को आशंकामा कालिकोटमा शुक्रबार सम्म १ सय ८७ जनाको दु्रत परीक्षण गरिएको छ।

जिल्लाका बिभिन्न स्थानीय तहमा गरिएको परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमण नभएको पाईएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ।

कालिकोट जिल्लाका ९ वटै स्थानिय तहमा कोरोना भाईरस संक्रमितको खोजीमा स्वास्थ्य सेवा कार्यालय कालिकोटको स्वास्थ्यकर्मीको टोली गाँउ गाँउमा परिचालन भएको छ।

भारतलगायतका अन्य मुलुकबाट फर्किएका व्यक्तिहरुलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टर सहितको स्वास्थ्यकर्मीहरुको टोली गाँउ गाँउमा परिचालन गरिएको छ।

टोलीले शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानिय तहमा गरी १ सय ८७ जना बिदेशबाट फर्किएका व्यक्तिहरुको ¥यापिड टेस्ट गरेको छ। स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुुर महतका अनुसार शुक्रवार सम्म जिल्लामा १ सय ८७ जनाको ¥यापिड टेस्ट गरिएको छ।

ति सबै जनाको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ। महतका अनुसार, जिल्लाको खाँडाचक्र नगरपालिकामा ४९, शुभकालिका गाँउपालिकामा ११, सान्नीत्रिवेणी गाँउपालिकामा ४१, रास्कोट नगरपालिकामा २६, पलाँता र पचालझरना गाँउपालिकामा २५ र नरहरीनाथ गाउँपालीकाको कुमालगाउँमा ३५ जनाको ¥यापिड टेस्ट गरिएको हो।

स्थानीय तहले निर्माण गरेका क्वारेन्टाईनमा बसेका र क्वारेन्टाइनमा वसेर घर फर्केका तथा विदेशवाट आएर गाँउ घरमै बसेका नागरिकहरुको ¥यापिड टेस्ट गर्ने अभियान थालिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बिदेशबाट आएका नागरिकहरुलाई लक्षित गरी ¥यापिड टेस्ट गर्न स्वास्थ्यकर्मीहरुको टोली गाउँमा परिचालन गरिएको बताए।