कोरोना भाइरसबाट बालबालिकामा पर्नसक्ने दुर्गामी प्रभाव: स्मिता लामा



स्मिता लामा

यतिखेर विश्व मानव समूदायलाई नै धक्का पुग्ने गरी फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले अहिले संसार त्राहिमाम बनाएको छ। परमाणु बमदेखि लिएर अत्याधुनिक हात हतियारले त सबै शक्तिशाली मुलुकहरु बलिया थिए। तर, आँखाले देख्ने भन्दा कैयौ गुणा सानो भाइरसको अगाडि पुरै संसारलाई जुध्न हम्मेहम्मे परिरहेको छ।

चीनको हुवेइ प्रान्तको वुहान सहरबाट २०१९ को अन्त्यतिरबाट सुरु भएको यो भाइरस संसारका मुलुकहरुमा पुगेको छ। यसबाट विश्वलाई ठूलो जनधनको क्षेती पुयार्एको छ। जुन क्षेती नाप्न सक्ने अवस्था छैन। संसारको कुनै पनि क्षेत्र यास महामारीबाट अछुत छैन। भाइरस भएर होला यसले न त धनीलाई छोडेको छ। न त गरिबलाई नै। न त राजालाई, न त रैतिलाई। बेलायतकी महारानीदेखि भारतका सुकुम्बासी बस्तीहरुसम्म कोरोना पुगेको छ।

यो अवस्थामा कोरोनाबाट एक्दुम प्रत्यक्ष असर परेको एउटा महत्वपूर्ण वर्ग भनेको बालबालिकाहरु हुन्। संयुक्र राष्ट्र संघमा प्रकाशित एक रिपोर्टका अनुसर १.५ अर्ब बालबालिका यस महामारीबाट पत्यक्ष रूपमा प्रभावित छन्। उनीहरु विद्यालय जाने अवस्थामा छैनन्। लाखौं बालबालिकाहरुले राम्रोसङ्ग खाना पाइराखेको अवस्था पनि छैन। सोही रिपोर्टअनुसार लाखौ बालबालिकाहरुले आफूले पाउने खान र लगाउने जस्ता आधाभुत बालअधिकारबाट पनि बञ्चित हुनु परेको छ। १८८ रास्ट्रका १.५ अर्ब बालबालिका विद्यालय जान पाएका छैनन् भने ३७ करोड बालबालिका जसको मुख्य पोषणको स्रोत भनेको विद्यालयको दिवा खाजा थियो, अब उनीहरु त्यसको विकल्प खोज्न बाध्य छन्।

कोरोना भाइरसको कारण लगभग ८ देखी १३ करोड मानिसहरु उच्च गरिबीको मार्गमा धकेलिदै छन्। जसमध्ये बालबालिका त्यस्को आधा हुनेछन्।

कोरोनाबाट प्रत्यक्ष रूपमा बालबालिकाहरु तुलनात्मक रूपमा बाल मृत्युदर एक्दमै कम छ। बैज्ञानिकहरु अहिले पनि यस्को कारणहरु खोज्दैछन्। बालबालिकाको मृत्युदर लग भग ०.०४५ मात्र छ। न्युओर्कमा गरिएको एउटा सर्वेक्षणका अनुसार त्यहाँको केही समय अगाडीसम्म ०.१७ वर्षको बालबालिकाको मृत्यु लग भग ० प्रतिशत नै थियो।

आजको दिनसम्म संसारमा मर्नेको संख्यान १.५ लाख हुँदा, बालबालिकाको मृत्युको संख्या लगभग् हजारको वरिपरी नै छ। यसरी हेर्दा बालबालिका मृत्युको जोखिममा कमछन्। तर, उनीहरुमा दुर्गामी असर भने धेरै नै देखिन्छन्। बालबालिकामा हुने अरु असरहरु पनि कम नहोलान्। सरकारले गरेको यति लामो लकडाउन अनि आफ्नो परिबेशमा भैइराखेको घटनाहरु देख्दा बालबालिकाहरुमा धेरै नकारात्मक असरहरु देखिने स्पस्टछ। विद्यालय जानु नपाएर बाल बालिकाको शिक्षामा ठूलो खाडल पर्ने देखिन्छ।

विद्यालयहरुले घरमै बसेर पढ्ने व्यवस्थाको कुरागर्दा पनि यो खासै प्रभावकारी भएको देखिन्न। मानसिक रूपमा बालबालिकाहरु कोरोनाको डरले आक्रन्त छन्। त्रसित छन्। जसले गर्दा उनीहरुको दिमागमा एक किसिमको डरमा परेको छ। जसले उनीहरुको आत्माबल घटेको छ। स्थिति यही रहने हो भने अझैं यो डर बढ्दै जाने देखिन्छ। बालबालिकाहरु घर मै थुनिदा उनीहरुको सामजिक जीवनमा असर परेको छ। साथीभाईसङ्ग बिताउने उनीहरुको समय घटेको छ। जसले गर्दा उनीहरुलाई समय बिताउन र ससिर्जनशिल हुने अवसर मिलेको छैन। कति बालबालिकाहरुले राम्रोसङ्ग खानुसम्म नपाएको माथिको सुर्वेमा देखिसकेको छ। बालबालिकमा भोलिका दिनमा कुपोषण जस्ता समस्या नआउला भन्न सकिदैन।

अर्को तिर घरमै बस्दा समय बिताउनका लागि भनेर बालबालिकाले धेरै समय मोबाइल हेरेर बिताउँदा उनीहरुको स्वास्थमा समस्या आउने कुराको डर पनि छ, भने कोरोना सम्बन्धित समाचारहरु मात्र सुनाउँदा उनीहरु झन त्रसित हुने देखिन्छ। तर, यो सबैबीच बालबालिकाले स्वस्थ रहन गर्नुपर्ने अभ्यास पनि सिकेका छन्। हात धुने, सामजिक् दुरी कायम राख्ने जस्ता स्वस्थ बानीहरु उनीहरुले सिकेको कुरा हुन्। जसले उनीहरुको भविष्यमा पनि राम्रो असर पर्नसक्छ।

त्यसैले यिे सबै कुराहरुलाई विचार गर्दा, हामी बाल बालिकाप्रती उत्तरदायी हुनु आवश्यक देखिन्छ। कोरोनाबाट त हामी सबै सुरक्षित हुनु नै छ, त्यसैमा बालबालिकाप्रती उनीहरुलाई यस महामारी पार्ने असरहरुको बारेमा पनि सचेत हुनु आवश्यक छ।

‘लेखक स्मिता लामा सी नेपालकी अध्यक्ष हुन्।’