नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो



काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० जना पुगेको छ।

आज मात्रै थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चितवनका दुई जनामा पनि कोरोना पुष्टि भएको छ।

‘हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ। जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ। जसमध्ये उदयपुर जिल्लाका १२ वटा ९१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय० र चितवन जिल्लाको २ वटा केस ९पुरुष, २७ र महिला ६३ वर्षीया० रहेका छन्’, मन्त्रालयले भनेको छ।

यसअघि नै १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन्। कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

पछिल्लो तथ्यांक अनुसार उदयपुरमा सर्वाधिक धेरै १२ जना, काठमाडौँमा ५, कैलालीमा ४, पर्सामा ३, चितवन र बाग्लुङमा २–२ तथा कञ्चनपुर र रौतहटमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन्। यसमध्ये काठमाडौँका एक जना स्वस्थ भइसकेका छन्।