वरिष्ठ उपाध्यक्ष गुरुङद्वारा विपन्न परिवारलाई खाद्य सामग्री हस्तान्तरण



काठमाडौँ। लकडाउनका कारण समस्यामा परेका विपन्न तीन परिवारलाई ठमेल पर्यटन विकास परिषदकी वरिष्ठ उपाध्यक्ष गीता गुरुङले खाद्य सामग्री सहयोग गरेकी छन्।

वरिष्ठ उपाधयक्ष गुरुङले कालिकोट जिल्लाको पलाँता गाउँपालिका स्थायी घर भइ हाल राजधानीको क्षेत्रपाटीमा बस्ने तीन मजदुर परिवारलाई तीन प्याक चामल (७५ केजि), १५ केजि दाल र एक पेटी तेल सहयोग गरेकी हुन्।

राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बमको पहलमा एक जना सुत्केरीसहित तीन परिवारलाई उक्त खाद्य सामग्री शुक्रबार साँझ ७ बजे प्रदान गरिएको हो। सरकारले घोषणा गरेको चौथो चरणको लकडाउनका कारण बेखर्ची बनेको र खानलाई धौधौ भएपछि केस बमले वरिष्ठ उपाध्यक्ष गुरुङलाई सहयोगका लागि अपिल गरेका थिए।

केन्द्र सरकारले स्थानीय सरकारलाई असजिलोमा परेका विपन्न तथा बेखर्ची मानिसलाई रातह वितुरण गर्न निर्देशन दिएपनि स्थानीय सरकारले राहत पक्षपाती र अव्यवहारिक रुपमा वितरण गरेका जनगुनासाहरु आइरहेका छन्।

महामारीमा राज्य एक्लैले समस्यामा परेका नागरिकको सुरक्षा तथा व्यवस्थापन गर्न नसक्ने भएका कारण आफू कहाँ आएको समस्या समाधान गरिदिएको वरिष्ठ उपाध्यक्ष गुरुङले कर्णाली सन्देशलाई जानकारी दिइन्। उनले भनिन्, ‘सकभर राज्यले पीडितहरुको समस्या समाधान गरे धेरै राम्रो। तर, यस्तो संकटको बेलामा राज्यले हरेक नागरिकको बारेमा सोच्न र व्यवस्था गर्न नसक्न पनि सक्छ। त्यस्तो बेला अन्य सक्ने नागरिकले सहयोग गर्नुपर्छ।’