ऐन महर
चीनपछी युरोप र अमेरिकामा कोरोना संक्रमण फैलन थाले पछी ति मुलुकहरुमा लकडाउनको घोषणा भयो। यो दक्षिण यसियामा पनि फैलिइ सकेको छ भन्ने संकेत देखिएपछी भारतसँग खुला बोर्डर रहेको नेपालले सिमाना बन्द गरेर आवत जावत बन्द गर्नु पर्छ भन्ने आवाज मेडियाहरुले उठाउन थाले।
लकडाउन सरेर दक्षिण यसियाली मुलुक सम्मै आएपछी नेपालपनी लकडाउन गर्नु पर्छ भनेर सरकारलाई घच्घचाउने काम पनि मेडियाहरुले गरे। मेडियाहरुले ठिकै कुरा उठाये, सरकारले बोर्डर सिल गरेर लकडाउनको घोषणा गर्यो। लकडाउनको अर्थै जो जहाँ छ त्यहाबाट सार्बनजिक ठाउमा हिडडुल बन्द गर्ने भन्ने नै हो। एस्तो कडाइ किन गरियो तरु यसले मान्छेको जीवन कष्टकर बनाउने भो, काम गरेर खाने मजदूरहरु बेरोजगार हुने भये, जागीरको सिलशिलामा सहर बसेका जागिरेहरु फुर्सदिला हुने भये र फुर्सदमा समेत शहर बाहिर रहेका आफ्ना परिवारसँग बस्न, भेटघाट गर्न समेत नपाईने भयो।
यसो किन गरियो त भन्दा विश्व स्वास्थ्य संगठन लगायत कोरोना भाईरसको सम्बन्धमा अनुसन्धानमा लागेका बैज्ञानीकहरुले भने ूयो भाईरस सँग खेलबाड नगरौ, यो अलिकती पनि चुक वा कम्प्रोमाइज गर्ने बिषय हैन। मानव जगतमै आक्रमण भएको यो युद्धको बेला हो। सबैले लकडाउन पालना गरौ। कष्ट होला तर हामीलाई आइलागेको यो समस्या यस बेला बिकल्पहिन बनेको छ। जीवन रक्षाका निम्ती सबैले अधिकतम स्तरको प्रयास जारी राख्नु जरुरी छ।ू संसारको यो बिपत्तीलाई सबै भन्दा नजिकबाट नियाल्नेहरुले एस्तो चेतावनी दिएपछी नजर अन्दाज गर्ने कुरै थिएन। यसको रुप चीनको युहानमा देखिसकिएको थियो।
तर, दुर्भाग्य हिजो अन्तर्राष्ट्रिय बोर्डर शिल गर्नु पर्छ, अन्तर्राष्ट्रिय जहाज बन्द गर्नु पर्छ भनेर सरकारलाई दवाब दिने मिडियाहरु आज आँफैले देखेको त्यो समस्याको आज उल्टो व्याख्या गरिरहेछन्। भारत लगायत विश्वमा भएका नेपालीहरुलाई नेपाल आउन दिनुपर्छ। सरकारले जहाज पठाएर भए पनि ल्याउनु पर्छ भनेर बिदेशमा छाट्पटाएका नागरिकहरुको तस्विर र भनार्इ प्रस्तुत गर्दै सरकारको आलोचना गरिरहेछन्।
भारतमा समेत लकडाउन भएपछी त्यहा रोजगारी गर्न गएका नेपालीहरु बोर्डरमा ठूलो संख्यामा जम्मा भए। कति मान्छे पिथौरागढतर्फबाट महाकालीमा हाम्फालेर नेपाल प्रवेश गर्न खोजेको तस्विर उस्तै देखियो मिडियाले प्रस्तुत गरे। बिदेशमा रहेका नेपालीहरुलाई आफ्नो देश फर्किन नदिने अधिकार सरकारलाई कसले दियो ? भनेर केही मिडिया र कथित बुद्दिजिवीहरुले समेत सरकारको चर्को आलोचना गर्न थाले।
गढ्ढा चौकी नाकामा भेला भएका नेपालीहरुलाई केही खुकुलो गरेर, दुरी कायम गरेर नेपाल प्रवेश गराउभन्दा अब्यबस्थित ढंगले हजारौंको जुलुश प्रवेश गरेपछी तिनै तस्विर प्रस्तुत गरेर पुन तिनै मिडियाले भारतको कोरोना संक्रमण नेपालका पश्चिमका जिल्लाभरी फैलिएको भनेर प्रचार गरे, सरकारको चर्को आलोचना गरे। मुलुक भित्र लकडाउन उलंघन भएका घटनाहरु देखाएर सरकारले लकडाउन पालना गराउन नसकेको भन्ने चर्चा मात्रै चलेन, त्यसको केही दिन पछी काठमान्डौलगायत देशका बिभिन्न सहरमा काम गर्ने मजदूरहरु उपत्यका बाहिर घर जान हिंडेको, दुःख पाएको तस्विर प्रस्तुत गरेर तिनलाई घर जान सरकारले ब्यवस्था किन नगरेको, एकदुइ दिन लकडाउन खोलेर किन घर नपुर्याइदिएको, बसमा दुरी कायम गराएर बसाएर भएपनी किन घर जान नदिएको भनेर अहिले श्रींखलाबद्ध रुपमा सरकार माथि प्रहार गर्ने काम भैरहेको छ।
भारतमा लकडाउन भएपछी घर जान सडकमा निस्केका करोडौ मान्छेको हुल हामीले देख्यौं। भारतमा पनि सरकारले पुर्व जानकारी नदिकन लकडाउन गरेर गल्ती गर्यो भनेर आलोचना भयो। लकडाउन किन गर्नु पर्यो भन्दा एक ठाउँमा बसेका नागरिकमा यदी संक्रमण रहेछ भने हिडडुल भेटघाट गर्न दिए। एक ठाउबाट अर्को ठाउँ जान दिए। संक्रमण पनि सँगै जान्छ र त्यसले देसभरी अनियन्त्रित ढंगले संक्रमण सार्छ र नागरिकको जीवन सोत्तर हुन्छ भनेर हो, जुन कुरा विश्व स्वास्थ्य संगठन र यो नयाँ रोगको अध्ययन गरिरहेका वैज्ञानीकहरुले कडा र बारम्बार चेतावनी दिदै आएका छन्।
तर, भारतमा मान्छेहरुको भिड सम्हाली नसक्नु भएपछी केही व्यवस्थित गर्न सकिन्छ कि भनेर केही प्रदेशका मुख्य मन्त्रिहरुले नागरिक ल्याउन यातायातको ब्यवस्था गरे। भारतको उत्तरप्रदेश सरकारले दिल्लिमा अलपत्र परेका आफ्ना नागरिक ल्याउन हजारौं बसको ब्यवस्था गर्यो। त्यो सुनेपछी सडकमा नआएका नागरिक समेत, समस्यामा नपरेका नागरिकसमेत घर जान दिल्लिको सडकमा उत्रिए।
भारतमा यसले देशैभरी संक्रमण झन् बढायो भन्ने कुरा द्रुत गतिमा बढीरहेको सन्क्रमित र मृत्यु हुनेहरुको संख्याले देखाउँछ। भारतमा पहिलो लकडाउन अवधी सकिएको दिन भ्रम फैलियो कि सरकारले अब एक दुई दिन घर जान चाहनेहरुक्को निम्ति लकडाउन खोल्दैछ। यस्तो भ्रमले मुम्बैको रेल्वे स्टेसनमा घर जान हजारौंको भिड जम्मा भयो। त्यसै दिन प्रधानमन्त्री मोदिले लकडाउन अवधी ३ मे सम्मको लागि बढाए। रेल्वे स्टेसनमा भिड अनियन्त्रित भएपछी प्रहरिले लाठी चार्ज गर्नु पर्यो।
त्यहाका मुख्यमन्त्री ठाकरेले समस्यामा परेका मजदूरहरुलाई ब्यवस्थापन गर्छौ, घर नजानुहोस् भनेर आव्हान गर्दा थुप्रै मजदूरले भने, हामी आफ्नै घर बिहार, युपी जान चाहन्छौं। यहाँ काम पनि छैन, परिवारमा बस्न पनि पाइएन, घरमा परिवार बालबच्चा डराएर बसेका छन्। हामीलाई खान बस्न यहाँ दिए पनी हामी घर जान चाहन्छौं।’
यस तथ्यले के बताउँछ भने कोरोना संक्रमणको गम्भिर्यता बुझेका नागरिकलाई त लकडाउन पनि नचाहिएला, बलपुर्वक एसलाई किन पालना गराउनु पर्यो भन्दा सबै नागरिकले यसको सम्बेदनशिलता बुझ्दैनन्। उनीहरुलाई हिडडुल वा आवाज जावतमा बन्देज नलगाउने हो भने तिनको आफ्नै ज्यानसमेत जान्छ।
नागरिकको सुरक्षा गर्नु राज्यको मुल दायित्व हो। अमेरिका जस्तो मुलुकका नागरिक हिजो मात्रै न्युयोर्कको सडकमा उत्रेर बजार ब्यबसाय खोल्न पाउनु पर्यो भन्ने नारा लगाए।राष्ट्रपती ट्रम्प्ले अर्थतन्त्र अब खुला गर्ने भन्दा त्यहाँका स्टेट गभर्नरहरु मानिरहेका छैनन्। यसले ठूलो द्वन्द्व सिर्जना गरेको छ। त्यती मात्रै हैन ट्रम्पको यस भनाइमा कडा असहमती जनाउदै विश्व स्वास्थ्य संगठनका प्रमुखले राष्ट्रपती ट्रम्पलाई कडा चेतावनी दिदै भनेका छन्, ‘कोरोना भाईरस माथि राजनीति बन्द गरियोस, यदी त्यसो नगरने हो भने बोरामा आफ्ना नागरिकको लाश भर्न तयार भए हुन्छ। यसो गर्नु भनेको आगोसँग खेल्नु जस्तै हो, यसले डढेलो लगाउँछ र समाप्त पार्छ।’
अन्तमा, यो देशका बुद्दिजिवी, पत्रकार, राजनीतिज्ञ, नागरिक समाज जसले यस महामारिको गम्भिर्यता बुझ्छन्। उनीहरुले समेत कहिले लकडडाउन गर भन्ने, कहिले बिदेशका आफ्ना नागरिक किन घर आउन नदिएको भन्ने, कहिले खुला बोर्डरबाट नागरिक छिरे, सरकारले रोक्न सकेन, संक्रमण सरकार आँफै फैलाइरहेको छ भन्ने, कहिले आफ्नो घर भन्दा बाहिर पेशा मजदूरी गर्न गएका नागरिकलाई घर जाने ब्यबस्था सरकारले किन गरेन भन्ने ? हरेक कुरामा समस्या मात्रै देखाउने, यसो गरेपनी समस्या, उसो गरेपनी समस्या र एउटै विषयलाई फर्काइ फर्काइ समस्या देखाउने, नागरिकलाई राज्यको आदेश पालना नगर्न उक्साउने र सरकारको बिरोध मात्रै गरिरहने कुराको उद्देश्य के हो, नियत के हो यसले हामीलाई गम्भीर बनाएको छ।
के राज्य भनेको केन्द्रमा रहेको सरकार मात्रै हो? यो देशका आम बुद्दिजिवीहरुको राज्य प्रतिको जिम्मेबारी केही छैन। त्यस्ता मान्छेहरुको निम्ति यो देश डेरा मात्रै हो? प्रश्न के हो भने लकडाउन रहर हैन बाध्यता हो, चाहना हैन कठोर आवश्यकता हो। लकडाउन उपाए हो, समाधान होईन। यो दुनियाँ संसारले भनिरहेका छन्। संसार यसले आफ्नो अर्थतन्त्र सखाप बनाउने भयो। अर्बौ नागरिक बेरोजगार बनाउने भयो भन्ने प्रष्ट हुँदासमेत कोरोना भाईरससँग सम्झौता गर्न सकिरहेका छैनन्।
जीवन नै नरहे अर्थतन्त्र के काम, पेशा ब्यवसायको के अर्थ? त्यसैले यो कठिन घडी हुँदै हो। कसैको जागीर गएका होलान्। कसैको ब्यापार डुबेको होला, कसैलाई बैंकको ऋणले च्यापिरहेको छ। किसानले आफ्नो उत्पादन बजार लान सकिरहेका छैनन्। मजदूरहरु अलपत्र परेका छन्। यि सबै कुरा सत्य हुन्। तर यसबेला हाम्रो मात्रै हैन संसारसँग यस दुःखद घडीको सामना गर्नुको विकल्प छैन। त्यसैले आत्तिएर घर जान खोजेका, बिदेशबाट अहिले देश फर्किन चाहनेहरुको पिडा देखाएर सरकारको आलोचना गर्नु र नागरिक उचाल्नु भनेको आफ्नै समाजको मृत्युपत्रमा हस्ताक्षर गर्ने कुरा हो।
यस्तो कृयाकलाप तत्काल बन्द गर्नुपर्छ। देशको अर्थमन्त्री युवराज खतिवडा संक्रमित मान्छे भेटिएको अपार्टमेन्टमा गएका थिए। उनले किन सरकारको निर्देशन पालना गरेनन्? भनेर झुटो समाचार लेखेर अर्थमन्त्रिले आफुलाई किन क्वेरन्टाइनमा राखेनन्? भन्दै दुई दिन अघी लेख्ने मिडियाका साथीहरु २ दिन पछी उपत्यका छोडेर घर हिंडेका मजदूरहरुको तस्विर देखाउदै सरकारले तिनलाई घर जाने ब्यबस्था किन नगरिदिएको?
तिनको दुस्ख किन नदेखेको भनेर सरकार सराप्दै छन। आखिर साथीहरु के चाहन्छन? यसको बदलामा हामीले उठाउनु पर्ने बिषय भनेको नागरिकलाई लकडाउन पालना गर्न प्रोत्साहित गर्ने। दुःख पाएका र अलपत्र परेका नागरिकलाई खान बस्नको ब्यवस्था गर्न केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, मजदूर संगठनहरु, उध्योगीहरु जहाँ मजदूरले काम गर्थे, तिनलाई दबाब दिने, सल्लाह दिने कुरा हैन र? हरेक कुरा केन्द्र सरकारको मात्रै जिम्मेबारी हो भनेर पन्छिने अवस्था हो र यो? केन्द्र सरकारले खान नपाएर नागरिक मर्न दिनेछैन, त्यसको निम्ती आवश्यक ब्यबस्था सरकारले गर्छ भनेको छ।
प्रदेश सरकारहरुले आँफै पनि यसको ब्यवस्थापनको निम्ती करोडौको कोष घोषणा गरेका छन्। तर, त्यसको ब्यबस्थापनमा पर्याप्त ध्यान नदिदा नागरिकहरु अफ्ठेरोमा परेका छन्। यो जिम्मेबारी प्रदेश सरकार हुँदै वडा तहसम्मका सरकारहरु, राजनीतिक दलहरु, भात्री संगठनहरु, मजदूर संगठनहरु, उद्योगी ब्यापारिहरु, निर्माण ब्यवसायिहरुको हैन र ? केही गर्न नसक्नेले कमसेकम एस्तो समस्याको सूचना दिने काम त गर्न सक्छन्।
तर, यहाँ त समस्याको विवरणसम्म पनि तयार नगर्ने, त्यसको ब्यवस्थापनमा ध्यान पनि नदिने, केवल देशको टोल टोल घरघरसम्म फैलिएको समस्यामा केन्द्र सरकारको मुख ताक्ने र आलोचना गर्ने काम भएका छन्। यसलाई तत्काल सच्याउन जरुरी छ। त्यसो गर्न हामी तयार भएनौं भने केन्द्र सरकारको बिरोध गर्ने नाममा, विश्वस्वास्थ्य संगठनले भने झैं हामी सारा नागरिकको लास बोरामा भर्न तयार हुनु पर्ने स्थिती आउन सक्छ। चेतना भया ।