‘जिम्मेवार निकायमा बसेर जनताको जीवनमाथि मजाक गर्ने छुट छैन्’



अनिल योगी

बिदेशिका दलाल भ्रष्ट नेताहरुले कोरोना भाईरस नियन्त्रणका लागि बाहिरबाट स्वास्थ सामर्गी ल्याउने काममा मात्र ढिला गरेनन्, नजिकै चीनबाट बिश्वब्यापी रूपमा माहामारी फैलिदासम्म नेपालमा होसियारिका लागि कुनै पहल कदमी उठाएनन्। यस्ता भ्रष्टहरुलाई सत्तामा राखेर कोरोना भाईइरस नियन्त्रण गर्छौं भन्ने राज्यका सबै सुरक्षा अंगका उच्च ओहदाका भ्रष्ट सुरक्षा अधिकारिहरु पनि त्यत्तिकै दोष्ीछन्।

जनतालाई निश्चित समयका लागि आवश्यक सुरक्षा खाद्यान्न र अन्य बन्दोबस्तिको ब्यवस्थासहित सैनिक शासन लगाएर जनता बचाउने काम गर्न नसक्ने कमजोर आत्मबल भएकाहरुले हामी बाँची हाल्छौं किन यत्रो चुनौती उठाउने भन्ने ठानेका हुन् भने( त्यो गलत साबित हुनेछ।

हरेक हिसावले शक्ति राष्ट्रहरुले समेत आफ्नो जनताको जीवन सुरक्षित राख्न नसकेको अबस्थामा भोलिका दिनमा यो माहामारिले ठूलो रुप लियो भने( नेपालका दलाल नेताहरु र दलाल उच्च सुरक्षा अधिकारिहरुसँग नेपाली जनतालाई बचाउन सक्ने कुनै आधार छ। त्यो कतै केही देखिदैन।

बिगत युद्धका बेला बिवेक प्रयोग गरेर युद्ध समाधान गर्नका लागि यो देशका भ्रष्टहरु जसरी चुके। त्यो युद्ध र प्रतियुद्धलाई कमाउने धन्दा बनाए त्यसरी नै यो कोरोना भाईरसको आतंकलाई पनि कमाउने माध्यम बनाएका हुन् भने तिनीहरुले हेक्का राखुन सबैको बिनास एकै पटक हुनेछ।

जिम्मेवार निकायमा बसेर राष्ट्र र जनताको जीवनसँग मजाक गर्ने बिगतका भ्रष्टहरुले जसरी छुट पाएका छन्। त्यसरी नै आज राज्यको जिम्मेवार ठाउँमा बसेकाहरुले छुट पाउँने छैनन् र नेपाली जनताले छुट दिने छैनन्।