“नागरिककाे नजरमा सरकार असफल हुनु हुँदैन”


काठमाडौं। अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले असजिलोमा परेका नागरिकहरुको व्यवस्थापन गर्न माग गरेका छन्।

उनले शुक्रबार सामाजिक संजाल फेशबुकमा लेखेका छन्, “विश्वब्यापी काेराेना भाईरसकाे महामारीकाे सामना गरिरहेकाे नागरिक लम्बिदाे लकडाउन र सकिदाे खाद्यान्नकाे दाेहाेराे चपेटमा परेका छन्। अत्यावश्यक बस्तु खरिद तथा निर्यतमा बन्देज नभएता पनि क्रयशक्ति कमजाेर हुदा खासगरी मजदुर,श्रमजीवि,डेरागरी बस्ने विद्यार्थी र गरिविकाे रेखामुनी रहेका समुदायमा संकट थपिएकाे छ।”

सहसंयोजक तामाङले असली पीडितहरुले उचित राहत नपाएको बताएका छन्।

उनले अगाडि लेखेका छन्, “स्थानीय सरकारकाे राहत कार्यक्रम कतिपय ठाउँमा पुग्दै नपुगेकाे, पुगेकाे ठाउँमा पनि पर्याप्त नभएकाे परिप्रेक्ष्यमा राज्यले आफ्ना नागरिलाई राज्यकाे अनुभुति दिलाउन राज्यका केही कर्तब्य र दायित्व हुन्छ जाे राज्यले संकटका बेफा आफ्ना नागरिकलाई गर्नु जरुरी हुन्छ। यसर्थ नागरिककाे नजरमा राज्य वा सरकार असफल हुनुहुदैन। राज्यले काेराेना भाईरसका विरुद्ध पनि लड्ने याेजना बनाउदै जनताका तत्कालीन समस्याकाे समाधानका लागि छिटाे-छरिताे बिधिबाट राहत बितरण, समस्यामा परेकालाई उचित सहयाेग गर्न अनुराेध गर्दछु।

सरकारले संकटकाे याे घडीमा जरुरी ठानेर अपिल गरे देशभरि अनेरास्वबियू,लगाएत सबै राजनीतिक दल सम्बद्ध युवा- विद्यार्थीहरु स्वयमसेवक बनेर देश र जनताकाे सेवा गर्न तयार छाै।”