अध्यक्ष बिष्ट समस्यामा परेका मान्छेहरुको घर-घरमा पुगेर सहयोग गर्दै



सुर्खेत। नेपाल तरुणदल सुर्खेतका अध्यक्ष तथा कलाकार हरि बिष्ट निरन्तर समस्यामा परेका मान्छेहरुको सहयोगमा जुटि रहेका छन्।

सरकारले चौथो चरणको लकडाउन घोषणा गरेसँगै थप समस्यामा परेका विपन्न, मजदुर तथा ज्यालादारी वर्गहरुका लागि अध्यक्ष बिष्ट भरोसा बनेका छन्।

राहत वितरणका लागि स्थानीय सरकारलाई केन्द्र सरकारले निर्देशन दिए पनि असली पीडितहरुले पेटभरी खान र शान्तसँग बस्न पाएका छैनन्।

घरवार चलाउन र बालबच्चाको पेटभर्नका लागि जोहो गर्न नसक्ने परिवारहरु यतिखेर लकडाउनको ठूलो मारमा परिरहेका छन्। उनीहरु शान्तसँग बस्न सकिरहेका छैनन्। अध्यक्ष बिष्टले लकडाउनको केही समयदेखि नै आजका दिनसम्म निरन्तर सहयोग गर्दै आइरहेका छन्।

अध्यक्ष बिष्ट विपन्न र मजदुरहरुलाई परेको असहजतामा साथ दिएको भन्न रुचाउछन्। उनी भन्छन्, ‘महामारीका बेलामा सरकार एक्कैले मात्रै पीडितहरुको समस्या समाधान गर्न सक्दैन। मैले व्यक्तिगत रुपमा सहयोग गरेको हुँ। राहत वितरण गरेको होईन।

बिहीबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,

मलाई फोन आए अनुसार घर र डेरा डेरामै पुगि गरेको व्यक्तिगत सानो सहयोग क्रमस: 2077/1/3 गते
1.भक्त बहादुर पौडेल श्रीमती सरिता गुरूङ (ज्याला मजदुर+अपाङगता ) मेरूदंड भांचिएको 4 जना परिवार
घर जिल्ला”दैलेख” हाल सुर्खेत बि.न.पा 2 कोलडांडा दाईको घरमा आश्रय लिएर बस्ने
#help 1 बोरा 25kg को चामल,1 पोका तोरिको तेल,1kg मासको दाल 1 पोका नुन,छोरि 5 कक्षा सम्म पढाई दिने र 1 महिना अगाडी पनि रू.25000 हजार
यो दृश्यले मलाई पनि रूवायो

2.नन्दकला बि.क छोरी सुमित्रा बि.क(दैनिक ज्याला मजदुर) मुटुमा प्वांल परेको 4 जना
घर सुर्खेत ब्रहाताल वडा नं 6 हाल वी.न.पा 4 रातो पुल पिपल बोट मुनि डेरा गरि बस्ने राहत पाउन छुटेको
#help 1 बोरा 25kg को चामल,1 पोका तोरिको तेल,1kg मासको दाल 1 पोका नुन

3.शेर बहादुर बि.क (दैनिक ज्याला मजदुर) रिक्सा चालक 6 जना परिवार
घर सुर्खेत बि.न.पा 4 खोर्केखोलाको ढिकमा डेरा गरि बस्ने राहत पाउन छुटेको
#help 1 बोरा 25 kg को चामल,1 पोका तोरिको तेल,1kg मासको दाल 1 पोका नुन

4. #उद्धार चित्र बहादुर साउंद,बिशाल कुमार योगी,लक्ष्मी शाही र लक्ष्मी वली 4 जना (राज्य द्वारा अलपत्र) दुई दिन देखी भोको पेट र निन्द्रा घर “दैलेख” चित्र बहादुर हाल सुर्खेत वी.न.पा 3 तातापानी,बिशाल कुमार हाल बि.न.पा 9 लाटीकोकली बस्ने 2 जना महिला अहिले पनि “दैलेख”
#help एम्बुलेन्स रिजर्व गरेर छिन्चु देखी सुर्खेत सम्म आफ्नै खर्चमा उद्धार र सुर्खेत देखी बोलेरो गाडीमा गुरास गाउं पालिका सम्म व्यवस्थापन गरेर घरै सम्म पुर्याएर सेवा गर्ने मौका पाईयो
भारतको सिलुगडी देखी हिंडेको 25 दिनको यात्रामा 14 दिन झापा क्वारेन्टाईन बसे पछि घर सम्म पुर्याउने जिम्मा राज्योको हुन्छ तर प्रदेश सरकार गैर जिम्मेदार छिन्चु पुगेर अलपत्र
त्यो रातको 1:53 बजेको फोनले भावुक बनायो

5.राजेन्द्र शर्मा,सुनिल शर्मा लगाएत (बिध्यार्थि) 4 जना घर जिल्ला “जाजरकोट” हाल सुर्खेत बि.न.पा 12 नेवारे स्कुल नजिक डेरा गरि बस्दै पढ्ने राहत वडाबाट 4kg चामल आधा किलो दाल 23 दिनको लकडाउनमा बुवा,आमा भारतमा ज्याला मजदुर गरि बस्ने हामि पुक्दा सम्म 1 गिलास चामल मात्र बांकी थियो रे भावुक बनायो यो दृश्यले पनि
#help 1 बोरा 25kg को चामल,1 पोका तोरिको तेल,1kg मासको दाल 1 पोका नुन।’