मुक्तक
अचेल किन आफैसँग भक्कानिन्छ मन थाह छैन।
अब कहाँ गएर सकिनेहो आफ्नै जीवन थाह छैन।
आफन्त नहुनुको अभाव यसरी खड्कीदो रहेछ।
कसले अोढाइदिन्छ लासमाथि कफन थाह छैन।
मुक्तक
जता बलियो मान्छे उतै ढलियो हन्छ।
गाउँमा यिनिहरुकै चर्चा चियो हुन्छ।
अर्काको आड्मा पाखुरा नेदेखाउ साथी।
घरको आँगनमा कुकुर पनि बलियो हुन्छ।
मुक्तक
दुई आँखा दुई हात अनि दुई दुट्टा भएर।
मान्छे भईंदो रहेनछ शरिरमा लुगा भएर।
समाजले उसैको अस्तित्व स्विकार्ने रहेछ।
जसले चाकडी गर्न जानेकोछ जुता भएर।
धिरेन अनुपम
सुर्खेत