काठमाडौँ। उपत्यकामा पनि कोरोना संक्रमित देखिएपछि लकडाउनमा थप कडाइ गरिने भएको छ। त्यस्त लकडाउनमा अटेर गर्नेलाई प्रहरीले बल प्रयोग गर्न सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएसँगै प्रहरीले थप कडाइ गरेको हो। लकडाउन उल्लंघन गर्नेहरूले विभिन्न खालका बहाना बनाउने गरेको बोगटीले बताए। यसअघि लखरलखर हिँड्नेलाई प्रहरी सम्झाइबुझाइ गरेर घर पठाउने वा केही घण्टा नियन्त्रणमा लिने गरेको थियो।