‘मान्छेको सबैभन्दा ठूलो सपना बाँच्नु रहेछ’



प्रतिक्षा पल्लवी

यति बेला नेपाल मात्र नभएर विश्व लकडाउनमा छ। पहिलो चोटी होला मानव दुनियाँले यस्तो दुःख सबैले भोग्नु परेको हो। हुन त यो भन्दा अगाडी पनि विश्व मानव जगत यस्तै भाइरसहरुबाट विश्व आतंकित नभएको भने होइन। तर, यतिसम्मको भयानक रुप लिएको थिएन।

यस्ता थुप्रै घटनाहरु नेपालमा पनि नआएका होइनन्। यो भन्दा अगाडि पनि भुकम्प, बाढि पहिरो, हावा हुरि जस्ता दैविक प्रकोपले मानवीय छेती गरेकै हो। र यति बेला बिश्व नै त्राहिमाम बनेको छ। असहले जुन कोरोना भाइरसले माहामारिको रुप लिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल सरकारले तेस्रो पटक लकडाउन गरेको छ।

लकडाउनलाई सामान्य सम्झिने इटाली, अमेरिकालगाएतका अन्य देशहरूको जस्तो हालत नेपाल को नहोस् भनेर बेलैमा सचेत र सजक रहन सरकारले गरेको यो सजकताप्रती कृतज्ञ छु।

आफू बाचौ र अरुलाइ बचाओ भन्ने अभियानताका साथ गरिएको यो लकडाउनले पक्कै पनि सबैलाई असर त परेको नै छ। तर ,यो लकडाउनले तपाइं हामी सबैको सुरक्षाको लागि पनि हो। हामी नेपालमा छौं। नेपाल जस्तो विकसित नभएका कारण जति पनि गरिब दुःखी, असाहय, टुहुरा अपांगता, जुन रात दिन पसिना चुहाएर मेहेनत परिसरम गरेर आफ्नु साझ बिहानको छाक टारि रहेकाहरुलाई अहिले एक छाक खान हम्मेहम्मे परिरहेको छ।

उनीहरुमा झन् निकै नै प्रभाव परिरहेको छ। यतिबेला निकै त्रासपुर्ण स्थितीमा कोही देश त कोही बिदेशमा हुनुहुन्छ। कोही घरपरिवारका सपना पूरा गर्न त कोही आफ्नै सपना पूरा गर्न बिदेशिनु भएका जति पनि नेपाली हुनुहुन्छ। घर आउने रहर हुँदाहुँदै पनि लकडाउनका कारणले आउन पाउनु भएको छैन।

नेपालमै बसेर पनि घर जान नसक्नु भएका तपाईं सम्पूर्णलाई जो जाहा जस्तो सुकै अबस्थामा हुनुहुन्छ। आफ्नु आफ्नु ख्याल् गर्नुहोला। यतिबेला सबैले आफुलाइ बचाउने समय आएको छ। आफु भए सबछ, जब आफुनै नरहे केही छैन।

म पनि तपाईंहरु जस्तै घरबाट टाढाछु। म पनि यो लकडाउनको चपेटामा परेर दिन बिताइ रहेकी छु। सायद यस्तो दुःख जीवनमा पहिलो चोटि खेप्दैछु। त्यस्तो खान बस्नको त अहिले दुःख छैन। यस्तै अझै लकडाउनको समयअवधि थपिएछ भने त्यो दुःख नखेप्नुपर्ला भनेर भन्न नसकिने अवस्था छ।

दुःख यसको लागेको छकी घर परिवारभन्दा अलि टाढा छु। यतिबेलाको समयमा निकै नै घर परिवारको याद, त्यो आफूले खाए खेलेको गाउँ घरको याद, ती छुटेका साथीहरूको याद सबैलाई घेरै सम्झी रहेकी छु। लाग्छ, अहिलेको परिस्थितिलाई हेर्दा जताततै सुनसान सहर बजार र सडक देखेर बल्ल बुझे , मान्छेको सबैभन्दा ठूलो सपना भनेको बाँच्नु पो रहेछ त। विश्व ठप्प छ। तर, संसारका मानिसहरु घरबन्दी छन्। तीव्र गतिमा दौडिरहेको विश्व दुनियाँ एक्कासी रोकिएको छ। र मान्छेहरु बाँच्नको लागि सब थोक प्रयास गर्न बाध्य छन्।

त्यसैले बाचुन्जेल कोइ कसैको रिस नगरौं, डाह नगरौं, धनी गरिब भनी कसैलाइ विभेद नगरौं,गरिब दुखी असाहेलाई, जो ऐले खान नपाएर छटपटाइ रहेका छ्न। उहाँहरुलाइ आफ्नु आफ्नु ठाँउबाट आफूले सक्ने सहयोग गरौं। अहिले तपाईंले गरेको सानु सहयोगले उनीहरुको सास र लाज जोगिन्छ भने भोलि तपाईंले भगवान खोज्न मठमन्दिर धाइरहनु पर्ने छैन।

तपाईंहरु सबै नेपाली दाजुलाई, दिदीबहिनीहरुलाई मेरो सानू अनुरोध छ अहिले लापरबाही नगर्नु होला। बेवास्ता नगर्नुहोला। अहिलेको हाम्रो सानू लापरबाहीले भोलि आफूलाई सधैंको लागि गुमाउनुपर्छ त्यसैले सबैलाई बचेर बस्न आग्रहगर्छु। तपाईंको घर परिवार । तपाईंको लागि चिन्ता गरिरहनु भएको छ। उहाँहरुको लागि भए पनि आफ्नु ख्याल गर्नुहोला।

हामी विक्रम सम्वत २०७७ को पहिलो दिनमा छौं। नयाँ वर्ष निक्कै चुनौती र संघर्षपूर्ण तरिकाले आगमन भएको छ। यसलाई हामीले सहर्ष स्वीकार गरेर कोरोनाको विरुद्धको युद्धमाथि विजयी बन्ने कामनाका साथ ग्रहण गर्नुपर्छ। हामी सबै दुख पीडामा छौं। त्यसैले आफूसँग जे छ जस्तो छ। त्यसैमा खुशी हुनुहोला। स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७७ सालको सुभकामना। यो ०७६ साल जस्तो यो २०७७ साल न बनोस्, सबैको जीवनमा खुसी ल्यायोस्, कोरोना भाइरससाग लड्न सक्ने क्षेमता प्रदान गरिदियोस् पुनः शुभकामना सबैमा।

प्रतिक्षा पल्लवी, कैलाली
हाल भारत