कठिन परिस्थितिका बीच नयाँ वर्ष २०७७ को आगमन



काठमाडौँ। विश्व मानव जगत यतिखेर कोरोना भाइरस (कोभिड-१९) का विरुद्धमा युद्ध लडिरेहेको छ। नेपालमा कोरोनाको दोस्रो चरणसँग सामाना गरिरहेको स्थिति छ। यस कठिन महामारीसँगै नयाँ वर्ष २०७७ सालको आगमन भएको छ।

आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो।

विगतका नयाँ वर्षलाई जस्तै गरी यो वर्षलाई नेपालीहरुले स्वागत गर्न पाएनन्। सरकारले तेस्रो चरणको लकडाउन जारी राखेको र कोरोनाको त्रासका कारण नयाँ वर्ष घर घरमा सिमित बनेको छ। तथापि सरकारले सोमबार बिहान ८ बजे राष्ट्रिय गानबाट नयाँ वर्षको सुरुवात भएको सन्देश प्रवाह गरेको छ।

केही आलोचना र केही समर्थन भएको उक्त सरकारी कदमले कोरोनाविरुद्धको युद्धमा होमिएका चिकित्सक, नर्स, सुरक्षाकर्मी र सरोकारवालाहरुको हौसला र सम्मानका लागि राष्ट्रिय गान गाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अनुरोग गरेका थिए।

कोरोनाका कारण विश्वमा एकलाख १४ हजारभन्दा बढीको ज्यान गइसकेको छ। त्यस्तै १८ लाभन्दा बढी मानिस संक्रमित बनेका छन्।