कर्णालीका मजदुरलाई सभापति बमको पहलमा राहत वितरण



काठमाडौँ। नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमको पहलमा राजधानीका विभिन्न स्थानमा बेखर्ची बनेका मजदुरहरुलाई राहत वितरण गरिएको छ।

कर्णालीबाट काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा मजदुरी गरिरहेका व्यक्तिहरुलाई राहत सामग्री वितरण गरिएको सभापति बमले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

आइतबार सभापति बमका अनुसार १२ क्वीन्टल चामल, ७० केजी दाल, दुईपेटी तेललगायत खाद्य सामग्रीहरु वितरण हो।

बेखर्ची बनेका १२ जना विद्यार्थीसँगै विभिन्न स्थानमा रहेका ७० जना मजदुरहरुलाई सभापति बम, नेपाली कांग्रेसका केस शिव हुमागाईं, शिक्षक पदम बटालाको र उद्योग वाणिज्य संघको सहयोगमा उक्त खाद्य सामग्री वितरण गरिएको हो।