‘सरकारले काठमाडौँबाट बाहिरिँदै गरेकाहरुको तत्काल उद्दार गर्नुपर्छ’



काठमाडौँ। अनेरास्ववियूका नेता रश्मि आचार्यले काठमाडौँबाट पैदल हिडेर बाहिरिन थालेका व्यक्तिहरुलाई तत्काल उद्दार गरी व्यवस्थापन गर्न माग गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेशबुक मार्फत नेता आचार्यले सरकारलाई काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट बाहिदै गरेका व्यक्तिहरुलाई उद्दार गरेर व्यवस्थापन गर्न माग गरेका हुन्।

उनले लेखेका छन्, ‘काठमाडौँका नाकाहरुमा २४ सै घण्टा उद्दार टीम तत्काल राखौं। उद्दार गरिएकाहरु सबैलाई कम्तिमा १५ दिन उपत्यकाका बिभिन्न स्थानमा खाने बस्ने व्यवस्था गरौं।’

सरकारको निर्देशनअनुसार वडापालिका र स्थानीय तहले विपन्न र बेखर्ची बनेका मानिसहरुको व्यवस्थापन गर्न नसकेको र पक्षपाति रुपमा रातह वितरण गरिएको गुनासाहरु आएका छन्।

उनले अगाडि लेखेका छन्, ‘स्थानीय तहलाई यो काम गर्न गाह्रो पर्ने देखियो। यसर्थ केन्द्रीय उद्दार टीम परिचालन गरि खर्च पनि केन्द्रीय कोषबाटै गर्ने व्यवस्था मिलाऔं।’