वडा अध्यक्ष शाहीको नेतृत्वमा ८० घरधुरीलाई राहत वितरण



कालिकोट। जिल्लाको राष्कोट नपा वडा नम्बर ५ का ८० घरधुरीलाई राहत वितरण गरिएको छ।

आइतबार रास्कोट नगरपालिका वडा ५ का अध्यक्ष नरजङ शाहीको नेतृत्वमा श्री आधारभूत विद्यालय साउबाडामा ८० घरधुरीलाई राहत वितरण गरिएको हो। वडा अध्यक्ष शाहीका अनुसार एक पोका तेल, नुन र दुईकेजी दाल र ३० केजिको एक प्याक चामम प्रदान गरिएको हो।

कोरोना भाइरस (कोभिड-१९) बाट बेखर्ची बनेका र विपन्न घरधुरीहरुको लगत संकलन गरेर राहत वितरण गरिएको वडा अध्यक्ष शाहीले जानकारी दिएका छन्।

आहतमा राहत पाएपछि वडाबासी खुशी भएको अध्यक्ष शाहीको भनाई छ। त्यस्तै राहत वितरणमा वडा सदस्य मन तिरुवा, रणबहादुर शाही नगरपालिका स्वयंसेवक इन्चार्ज राजबहादुर शाही र नेपाल तरुणदल, राष्कोट नगरसमितिका संयोजक सुरेश शाही ‘सेरसिङ’ ले सहयोग गरेका थिए।