मुर्ख शासक भएसम्म मानवजातीलाई सुख हुँदैन: डा.भण्डारी


काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले विश्वमा मूर्ख शासक रहँदासम्म मानवजातीलाई सुख, सम्मृद्धि र शान्ति नहुने ठोकुवा गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेशबुकमा मार्फत नयाँ वर्षको शुभकामना दिँदै डा.भण्डारीले उक्त ठोकुवा गरेका हुन्। उनले लेखेका छन्, ‘विश्वभरी छरिएका यि मुर्ख शासक रहँदासम्म मानवजातीलाई सुख, सम्मृद्धि र शान्ति हुनै सक्दैन। विकासले सुविधा दिए पनि मानवलाई शान्ति प्राप्ति हुदैन।’

उनले अगाडि लेखेका छन्, ‘चीनबाट शुरु भएको कोरोनाको महामारीलाई समयमा नै लकडाउन मात्र गरी दिएको भए यस्तो विनाश हुने थिएन। कोरोनाले संकट मात्र होईन नयाँ सोंच पनि जन्माउने छ भन्ने मेरो विश्वास हो। जसले नेतृत्वमा पनि परिवर्तन गर्नेछ। ईतिहास साक्षी छ। संकटको समाधान पछि शक्ति स्थानान्तरित हुन्छ। तसर्थ अहिलेका नेता र शासकहरुलाई विदा गर्न सकियोस् भन्ने कामनासहित सबैलाई नयाँवर्षको शुभकामना।’