पूर्व एमाले र पूर्व माओवादी चरित्र दोहोरिनु घातक: ठाकुर गैरे



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा अनेरास्ववियू पुर्व अध्यक्ष ठाकुर गैरले विद्यार्थी आन्दोलनको अस्तित्व अझँ बढेको स्पष्ट पारेका छन्।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ सञ्चालक रहेको ‘सार्वजकि वहस’ नामक फेशबुक लाइभ कार्यक्रममा बोल्दै नेता गैरेले विद्यार्थी आन्दोलनको औचित्य र आवश्यकताको बारेमा आफ्ना विचारहरु राखेका छन्।

उनले अबको विद्यार्थी आन्दोलन सीमा रक्षाको पक्षमा, भ्रष्टचारविरुद्ध, कमिसनका विरुद्ध र सुशासन तथा वैज्ञानिक समाजवादको यात्रामा केन्द्रित हुनुपर्ने बताए। उनले भने, ‘हिजोको विद्यार्थी आन्दोलन र अबको आन्दोलनमा धेरै विभिन्नता छ। हिजो राजनीतिक आन्दोलन थियो। अब समृद्धि, विकास, दलाल पूँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनामा केन्द्रित हुनुपर्छ। सीमाना रक्षामा केन्द्रित गर्नुपर्छ। जनताको पक्षमा, विद्यार्थीको पक्षमा, सुशासनको पक्षमा र कमिसनका विरुद्ध केन्द्रित हुनुपर्छ।’

उनले अगाडि भने, ‘अबको विद्यार्थी आन्दोलनले राष्ट्रिय पूँजी निमार्ण र उत्पादनमा जोड दिनुपर्छ। नयाँ प्रवर्तक स्थापना र जनपक्षिय कार्यहरु गर्ने सामर्थ राख्नुपर्छ। हाम्रो लक्ष्य बाँकीछ। हाम्रो आन्दोलन जारी छ। त्यसमा मेरो शुभकामना मात्रै होईन, सहभागितासमेत रहने कुरा जानकारी गराउँदछु।’

कोरोनाको कहरका विरुद्ध एकसाथ लड्नुपर्ने भन्दै यस्तो बेलामा नेकपाभित्र र अन्य संगठनभित्र पूर्व एमाले र पूर्व माओवादीका रुपमा प्रस्तुत हुनुलाई दु:खद कुराको रूपमा टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘हामी नेकपाका कार्यकर्ता भइसक्यौं। जनताले मत दिएर दुई तिहाइको ऐतिहासिक सरकार छ। तर, बिडम्बना यहाँ कोही पूर्व एमाले र कोही पूर्व माओवादीका रुपमा प्रस्तुत भइरहेका छौं। कसैले पनि आफूलाई यसरी प्रस्तुत नगरौं। हामीले एमाले र माओवादी खारेज गरिसकेका छौं। कोही पनि पूर्व एमाले र पूर्व माओवादीका रुपमा प्रस्तुत हुनुहुँदैन। त्यो गलत हो। ऐतिहासिक चरणमा प्रवेश गरिसकेका छौं। आज फेरी पनि एकता भएकै छैन जसरी प्रस्तुत हुनुलाई स्वभाविक मान्न सकिदैन। हाम्रो लक्ष्य नेपाली माटो र मौलिकताअनुसार वैज्ञानिक समाजवाद स्थापना गर्ने हो। यतातिर ध्यान दिनुपर्छ।’

उनले भने, ‘पूँजीवादको अन्त्य र समाजवादको स्थापना गर्ने नै हो। कोरोना भाइरसले यस कुरालाई पनि थप पुष्ठिगर्छ। समाजवादीहरुले यसलाई नयाँ ढंगलले सोच्नुपर्छ। अब विश्वको नेतृत्व एशियामा आउादैछ। नेकपाले अगाडि सारेको वैज्ञानिक समाजवादको मुख्य बाधक दलाल पूँजीवाद हो। दलाल पूँजीवादको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न सक्छौं।’

स्वास्थ्य सामग्री खरिदमा देखिएको कमिसनको खेलले सरकार जनताप्रति कत्तिको उत्तरदायी छ भन्ने त देखिन्छ नि? भनेर एक सहभागिको प्रश्नको जवाफमा भने, ‘स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा राज्यका जिम्मेवार निकाय र व्यक्तिको सहभागिता भएको भए निर्मम कारबाही हुनुपर्छ। कोरोनाको कहरमा कमिसनको रहर पालेर कोही पनि बसेको छ भने त्यस्ता व्यक्तिलाई कारबाही हुनुपर्छ। निर्दोष नफसोस्, र दोषी नउम्कियोस्। छानविन होस् गल्ति गर्नेमाथि निर्मम कारबाही होस्।’

कोरोनालाई गम्भीरताका साथ लिन आग्रह गर्दै नेता गैरले भने, ‘चिकित्सक, प्रहरीको आत्मवल बढाउनुपर्छ। राजनीतिक कोर्णबाट भन्दा पनि डाक्टर, वैज्ञानिक र सम्बन्धित क्षेत्रका कुराहरुलाई आधार मानौं। सम्भावित खतराबाट बचौं। भारतमा कोरोना नियन्त्रण नभएसम्म हामी खतरामा रहन्छौं। हतार नगरौं। हरेक व्यक्ति जिम्मेवार बन्नुपर्ने छ। वज्ञहरुको सुझावका आधारमा सरकारले काम गर्नुपर्छ। कोरोनाले हामीलाई स्वदेश उत्पादन, स्वदेश उद्योग, स्वदेशी पूँजीको विकास गर्न र आत्मनिर्भर बन्न निर्देशन दिएको छ। यसमा हामी जुटुनुपर्छ।’