प्रधानमन्त्री, मन्त्री र सांसदहरुको तलब कोरोना कोषमा जम्मा गर्नुपर्छ: महासचिव शाही



काठमाडौँ। नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले प्रधानमन्त्री, मन्त्री र सांसदहरुको एक वर्षको तलब कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न सुझाव दिएका छन्।

प्रहरी प्रभान कार्यालय, मानवश्रोत व्यवस्थापन एवं प्रशासन विभागले सुरक्षाकर्मीहरुको पदअनुसार सात दिन, पाँच दिन र तीन दिनको पारिश्रमिक कटौती गर्ने निर्णयलाई मुर्खतापूर्ण रहेको टिप्पणी गरेका छन्। महासचिव शाहीले कोरोनाविरुद्धको युद्ध मैदानमा खटिने सुरक्षाकर्मीको नभएर प्रधानन्त्री, मन्त्रीहरु र सांसदहरुको तलब कटौती गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत शाहीले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो सङ्कटको घडिमा ज्यानको प्रवाह नगरि नागरिकको जीवन रक्षाको लागि मैदानमा खटिने प्रहरिहरुको तलब काट्नु भनेको मुर्खता पुर्ण निर्णय हो। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाटौं। बरु प्रधानमन्त्री, मन्त्री, र सांसदहरुको तलब यो वर्ष भरिलार्इ कट्टि गर्ने निर्णय गरौं।’