तरुण अध्यक्ष बिष्टद्वारा बेखर्चीलाई सहयोग



सुर्खेत। सहयोगलाई राहतको रुपमा नबुझिदिन तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले आग्रह गर्नुभएको छ।

लकडाउनका कारण दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुमा खाध्यान्न अभावको अवश्था सृजना भएको भन्दै शनिबार चिङ्गाड गाउँपालिकालाई नेपाल तरुण दल सुर्खेतले खाध्यान्न हस्तान्तरण गरेको हो।

“राहत भन्ने शव्दका कारण नागरिकहरु लिन चाहदैनन्,अध्यक्ष विष्टले भन्नुभयो, “राहत राज्यले प्रदान गर्ने कुरा हो, हामीले निम्न आर्थिक अबश्था भएका नागरिकहरुलाई सहयोग गरेका हौ।

राज्यको नीतिका कारण वाहिरबाट आएका मजदुरहरुले राहत पाउन नसकेको अबश्थामा एकद्धार प्रणलीबाट चिङ्गाड गाउँपालिकालाई सहयोग गरिएको तरुणदल अध्यक्ष हरि विष्टले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष देब वहादुर चन्दले दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्गहरुमा खाध्यान्न अभाव नहोस भन्ने गाउँपालिकाको उद्देश्य अनुरुप तरुण दल सुर्खेतले गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गर्नुभयो।

दैनिक मजदुरी गर्नेलाई गाउँपालिकाले एक चरणको राहत वितरण गरिसकेको छ । दोश्रो चरणका लागि तयारी थालेको गाउँपालिकाले मजदुरहरुको वर्गिकरण समेत गरेको छ। “आफ्नो उत्पादनले ३ महिना मात्र खान पुग्छ, अब ६ महिना मात्र खान पुग्नेलाई राहत वितरण गरिदैछ”, अध्यक्ष चन्दले भन्नुभयो।

तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्ट र तरुणदल महाधिबेशन प्रतिनिधि डोर प्रसाद शर्माले १ लाख ६० हजार मुल्य बराबरको १ सय बोरा चामल , २ सय पोका तोरीको तेल र २ सय पोका नुन लगायतको खाध्य सामाग्री संयुक्त रुपमा गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो। बुलबुलेखबरबाट