सुरक्षाकर्मीको तलव कटौती गर्ने निर्णय सच्याउन माग



काठमाडौँ। राष्ट्रिय शक्ति नेपालले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का विरुद्धको युद्धको मुल मैदानमा खटेका सुरक्षाकर्मीहरुको तलब विपद व्यवस्थापन कोषमा जम्मा गर्ने सरकारको निर्णय सच्याउन माग गरेको छ।

राष्ट्रिय शक्ति नेपालका सूचना तथा सञ्चार विभाग प्रमुख तथा प्रवक्ता अनिल योगीले शनिबार एक विज्ञप्ति जारी गरेर उक्त निर्णय सच्याउन माग गरेका हुन्।

राष्ट्रिय शक्ति नेपालको प्रेस विज्ञप्ति

सर्वप्रथम, विश्वव्यापी कोरोना भाईरसका कारण विश्व मानव जीवन अत्यन्तै भयभित भएको अबस्था बिध्यमान छ भने(कोरोना भाईरसका कारण बिश्वभरी एक लाखको हाराहारिमा मानिसको मृत्यु भैसकेको बताईदै आएकोछ।

सर्व प्रथमतः राष्ट्रिय शक्ति नेपाल बिश्वभरमा मरेका सबै मानव प्राणी मृतकको आत्माशान्तिको कामना गर्दछ र संक्रमित व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै( शोकसन्तप्त परिवारजन प्रति समवेदना अर्पण गर्दछ।

कोरोना रूपी युद्धमा अग्रपंतिमा रहेर आफ्नो जीवनको प्रवाह नगरी बिश्वभरमा युद्ध लड्ने प्रमुख शक्ति भनेका नै चिकित्सक, नर्स, राष्ट्र सेवक सुरक्षाकर्मीहरू हुन्। वन्दोवस्ती तथा आपूर्ति र स्वास्थ सामग्री वितरणमा सरिक रहने व्यक्ति तथा स्वयम सेवकहरू हुन्।

कुनै पनि जिम्मेवार राष्ट्र र राज्यको सरकारले यिनै यस्तै ब्यक्तिहरुको स्वास्थ्यको सुरक्षा पहिलो प्राथमिकतामा राख्नुपर्छ र केही राष्ट्रले त्यो प्रकारको मानवता दर्साएका पनि छन्।

बिश्वभरी नै गुणस्तरीय परिक्षणको विस्वस्थ हुने यन्त्र र उपकरण समाग्रीहरूको यथेष्ट अपूर्ति र ब्यवस्थापन गर्न नसकेको आजको यथार्थ हो । कुनै पनि राज्य र सरकारवाट निजहरूको हौशला अभिवृद्धि गराउने, उर्जा वढाउने, र मनोवल उच्च राख्ने उल्लेखनीय रचनात्मक नीति र कार्यक्रम अवलम्वन हुन सकिरहेको अबस्था छैन। यसप्रती बिश्वका साशक प्रसाशकहरुको ध्यान जानुपर्छ।

यस्तो अबस्थामा हाम्रो देशको सरकारले राष्ट्र सेवक कर्मचारीहरूको माशिक तलवाट रकम कट्टा गर्ने भन्ने खवर आम संचारमा आएकोछ। यस समाचारप्रती राष्ट्रिय शक्ति नेपालको गम्भीर रूपमा ध्यान काकृष्ट भएकोछ।

सर्व प्रथमतः सरकारको यस्तो गलत र आपत्ती जनक निर्णय प्रती राष्ट्रिय शक्ति नेपाल घोर भत्सर्नाका साथै आपत्ती ब्यक्त गर्दछ । साथै यस्तो निर्णयलाई अबिलम्ब सच्याउनका लागि नेपाल सरकार र सम्बद्ध निकाएको ध्यान आकृष्ट गराउन चाहन्छ ।

राष्ट्रिय शक्ति नेपालका माग

१ पुर्व बिशिष्ट ब्यक्ति भनिएका( पुर्व संबैधानिक निकायका प्रमुख भनिएका( सबै सुरक्षा अंगका पुर्व सुरक्षा अधिकारी भनिएकाहरुका नाममा दिईदै आएको सुरक्षा बन्दोबस्ती सबै खारेज गर्दै सबै सुरक्षा कर्मचारिलाई राष्ट्र र जनताको सेवामा अबिलम्ब लगाउँन माग गर्दछ।

२ कोरोना भाईरस जस्तो माहामारिबाट नेपाली जनताको स्वास्थ सुरक्षाका लागि खटिएका स्वास्थकर्मी र सुरक्षाकर्मिको तलबलाई दोब्बर वृद्धि गर्दै जनताको जीवन सुरक्षाका लागि हिम्मतका साथ काम गर्न सक्ने बनाउन जोड्दार माग गर्दछ।

३ बिगत नेपाल सरकारको उच्च ओहदामा बसेकाहरु र सबै संघीय सरकारका मन्त्रीहरु, सबै सांसदहरु र नेपाल सरकारका निजामती सेवाका सचिव र सह-सचिवहरुको कम्तिमा तीन महिनाको तलब कटौती गर्न र जनताको जीवन सुरक्षाका लागि खर्च गर्न जोड्दार माग गर्दछ।

४ सैन्य सेवाको उच्च ओहदाबाट अबकास भएका जनपथ प्रहरिको उच्च ओहदाबाट अबकास भएका सशस्त्र प्रहरी बलको उच्च ओहदाबाट अबकास भएका( राष्ट्रिय अनुसन्धान बिभागको उच्च ओहदाबाट अबकास भएकानेपाल सरकारको निजामती सेवाको उच्च ओहदाबाट अबकास भएका र भ्रष्टाचारको आरोप लागेका सबैको अकुत सम्पती खोसेर राष्ट्र सेवक सुरक्षाकर्मी, स्वास्थकर्मी र कोरोना भाईरसबाट संक्रमितहरुका लागि स्वास्थ उपचार र बन्दोबस्तिको बिशेष राहत कार्यक्रम तर्जुमा गर्नका लागि नेपाल सरकार संग जोड्दार माग गर्दछ।

५ राज्यको बिकास निर्माणका नाममा ठेक्का लिने र काम नगर्ने भ्रष्ट ठेदार( जो जसलाईभ्रष्टाचार सम्बन्धी मुद्धा लागेका छन् तिनिहरु र विभिन्न तस्करिमा संम्लग्न सबैको अभिलेख तयार गरि तिनिहरुको जायजेथा लिलाम गर्दै कोरोना भाईरसको माहामारिबाट राज्यलाई हुन् सक्ने आर्थिक क्षतिको पुर्ती गर्न नेपाल सरकारसंग जोड्दार माग गर्दछ।

सूचना तथा संचार विभाग प्रमुख
प्रवक्ता
अनिल योगी
२०७६ साल चैत्र २९ गते