मजदुरलाई स्वास्थ्य तथा खाद्य सामाग्री वितरण



भक्तपुर। कालिकोट टेक्नीकल फोरमले भक्तपुरमा लकडाउनका कारण सडक तथा खोलाको छेउमा पालमुनी बास भएका ४१ जना मजदुरहरुलाई आज आधारभुत स्वास्थ्य समाग्री वितरण गरेको छ।

कालिकोट जिल्लावाट स्वास्थ्य तथा विभिन्न प्राविधिक क्षेत्रमा रहेर काठमाण्डौं उपत्याकामा कार्यरत प्राविधिकहरुको संस्था कालिकोट टेक्नीकल फोरमले लकडाउनमा सडक छेउमा पालमुनी बास भएका मजदुरहरुलाई खुला ठाउमा सामान्य रोगबाट संक्रमित नहोस भनेर आधारभुर स्वास्थ्य समाग्री र ह्युमिनिटी किल्स हंगर अभियानले एक क्वीन्टल वीस के।जी।चामल, दाल समेत वितरण गरेको हो।

फोरमका अध्यक्ष प्रकाशजंग शाहीको पहल तथा युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्दीय अध्यक्ष नारायण गिरीको समन्वयमा सडकमा बस्ने कालिकोट, मुगु, वाजुराका कामदारहरु घर जान नपाएपछि संयुक्तरुपमा बास गर्ने सवैलाई समान्य रोगवाट संक्रमित हुन नपरोस भनेर रुघा, ज्वरो जस्ता सरुवा रोगविरुद्ध र कोरनावाट बच्न मास्क लगायत ६ प्रकारका आधारभुत स्वास्थ्य समाग्री प्रदान गरीको छ।

यो भन्दा अगाडी पनि कर्णालीका अलपत्र मजदुरहरु काम गरीरहेको क्षेत्रमा स्थानीय निकाय मार्फत राहतको लागि जादा वेवास्था गरेपछि कर्णालीका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको सहजिकरणमा, युवा नेता वकिल वम, पत्रकार धनराज वास्तविक, युवा महासंघका अध्यक्ष नारायण गिरीको सक्रियतामा काठमाण्डौको रामकोट, मुलपानी, भक्तपुर क्षेत्रवाट एकासी जना ज्यामीहरुलाई खाद्यन्न सामाग्री वितरण गरी उनीहरुको दैनीकी सहज बनाउन पहल सुरु गरिएको थियोे ।

कुनै पनि मजदुरहरु आधारभुत स्वास्थ्य सेवा वाट विमुख हुन नपरोस भनेर हामीले सानै भए पनि यो पहल गरेका हौ फोरमका अध्यक्ष शाहीले भने लक डाउनमा तपाईहरु कसैलाई आपत्कालिन आधारभुत स्वास्थ्य आवश्यक भएमा हामीलाई खवर गर्नु होला हामी सक्दो गर्ने छौ ।

तिनकुने चौर स्थित पालमुनी बास गरीरहेका एक मजदुर सुनामे सार्कीले भने, यो महामारीमा मान्छेहरु लुकेर बसेकाका छन्, बोल्दा पनि पैसो पर्ला जसो गर्छन् तर तपाईहरु आफ्नो ज्यानको बाजी थापेर गरीब दीन दुखीको सेवामा समर्पित हजुरहरु हाम्रो लागि त भगवान नै हो, के गर्नु स्थानीय निकायले राहत दिन्छ भन्छ नेपाल सरकार, के गरौ जो हामीलाई मान्छे जस्ता मान्दैनन् । राहतको लागी धाउदा धाउदा हैरान भयौ अब जानै छाड्यौ ।