अशोक योगी,
विश्वब्यापि रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) को कहरले विश्व समुदाय दिनानु दिन आतंकित भैरहेको बेला कोरोना भाइरस (कोभिड-१९) बाट मुक्ति पाउने र सुरक्षित हुने प्रमुख अस्त्रको रुपमा लकडाउनलाई प्रयोग गरिएको छ।
विज्ञानलाई नै चुनौती दिने हिसावले कोरोना भाइरसको संक्रमण दिदिनै फैलिदै गईरहेको छ। सरकारी कार्यालयदेखि विश्वविद्मालय विषम परिस्थितिमा सामुदायिक तथा निजी बिद्मालयहरु बन्द रहेका छन्। जसले गर्दा एसईई परिक्षा र उच्च माध्यामिक तहको परिक्षा समेत संचालन हुन सकिरहेको छैन सरकारी गैरसरकारी कार्यालय लकडाउनको फन्दामा छन। विश्वमा कारोना भाईरसकै कारण दैनिक रुपमा मृत्यु हुने र संक्रमण हुनेहरुको बृद्धिदर विभिन्न समाचार माध्यामबाट आएका समाचारलाई आधार मान्ने हो भने डर लाग्दो अएस्थाले बालबालिकाका मनोबैज्ञानिक रुपमा अत्यन्त डर, भय, आतंक र त्राश सृजना भएको छ। बालबालिका लागि होम क्वाराइनटाइनहरु अघोषित जेलका रुपमा परिणत हुने सम्भावना पनि त्यत्तिकै रहेको छ।
आज विद्मालयहरुलाई सार्वजनिक क्वारेन्टाइनस्थल घरलाई पारिवारक आईसोलेशनका रुपमा रुपान्तरण गरिएको छ।
लकडाउनमा घरबाहिर निश्किन नपाइने भएपछि स्कूले बालबालिका कोठाभित्रै गुम्सियर बस्न बाध्य भएका छन्। लामो समय कोठाभित्रै बस्दा उनीहरुको मानसिकतामा नकरात्मक असर पर्ने बालमनो चिकित्सकहरुको भनाई रहेको छ।
नेपालमा ०७६ चैत्र ११ गते देखि लागू गरिएको लकडाउन लम्ब्याएर ०७७ बैसाख ३ सम्म सारिएको छ भने अझै लम्बिने सम्भाबना छ।
शिक्षा आर्जन गर्ने नयाँ कक्षामा प्रबेश गर्ने, खेल्ने, रमाइलो गर्ने समयमा बालबालिकाहरु पारिवारिक आईसोलेशनमा बस्नु परेको छ। भविस्यका आशा लाग्दा कलिला मुनाहरुले निराशाको घेराभित्र निस्सासिनु परेको अबस्था छ। आपत्तकालिकन बिषम परिस्थितिमा बालबालिकामा पनि बालिकाहरुबढी प्रभाबित हुने सम्भाबना हुन्छ।
संरक्षणका हिसाबले सामाजिकदुरी कायम गर्नुपर्ने बेलामा कसैको संरक्षकत्वमा बस्नुपर्ने अवस्थामा महिनावारीलगायतका नियमित भैरहने प्रकृयाहरुले पार्ने प्रभाब र बिपत्तमा किशोरीहरु यौन दुर्व्यबहारलगायतका संम्भाबनाहरु त्यत्तिकै रहेका हुन्छन्।
अशक्त र गर्भवती अबस्थाको महिलाको अबस्था थप पिडादायीहुने बालबालिकाहरु कुपोषित हुने उचित स्याहार नपाउने अबस्थाले बिपदमा बालबालिकाहरु नै बढी प्रभाबित र संक्रमित हुने संम्भाबना रहन्छ।
आजकाल हरेक परिवारको कोही न कोही प्रविधि संग जोडिएको छ। संसारभरि मात्र होइन नेपालमै पनि ८० प्रतिशत मानिसहरुको पहुँचमा मोबाईल रहेको छ। बालबालिकाहरुलाई भुलाउन सजिलो माध्याम आजकाल त्यही मोबाइल बनेको छ। तर, त्यो मोबाइलको प्रयोग गर्न नजान्दा आउने समस्याका विषयमा मायाले छाराछोरीलाई मोबाइल घण्टौं खेलाउन दिने अभिभाबकहरु मोबाइलबाट निस्किने इलेक्टो«म्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो असर पारिरहेको हुन्छ भन्ने बिषयमा समेत जानकार छैनन्।
मोबाइल प्रयोगकर्तालाई के थाहा छैन भने १५ वर्ष कम उमेरसमुहका बालबालिकालाइृ मोबाइल चलाउन दियो भने बालबालिकाको बिकसित मस्तिस्कमा रेडियसनले निकै नै प्रभाब पारेर मस्तिष्कको क्यान्सर हुने एक घण्टाभन्दा बढी मोबाइल र टिभी हेर्नु बालबालिकालागि घातक छ लत नै बस्न सक्छ र यो लत भबिश्यमा छुटाउन निकै गाह्रो हुन्छ, समयमै लत छुटाउन नसकेमा बालबालिकाको शारिरिक बिकासमा गम्भीर समस्या देखिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ।
डब्लुएचओले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई ग्याजेट स्क्रिनबाट टाढै राख्न सूचित गरिएको छ। बालबालिकालाई धेरै समय खेलकुदमा बिताउने र पर्याप्त मात्रामा सुत्ने वातावरण बनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ। बालबालिकाले दिनमा एक घण्टाभन्दा बढी समय टेलिभिजन र मोबाइल हेर्नु उनीहरुको स्वास्थ्यका लागि खतरा हुने डब्लुएचओको अध्ययन रिपोर्टमा उल्लेख छ।डब्लुएचओको नयाँ निर्देशिकामा बालबालिकाको शारीरिक गतिविधिमाथि जोड दिइएको छ।
वर्तमान अवस्थामा २३ प्रतिशत बाल–बालिका तथा ८० प्रतिशत किशोर शारीरिक रुपमा तन्दुरुस्त नभएको डब्लुएचओको तथ्यांकले देखाएको छ। सानो उमेरबाटै शरीरलाई सक्रिय राख्ने तथा पर्याप्तमात्रामा सुत्ने बानीको विकास गर्नुपर्ने डब्लुएचओको सुझाव छ। बालबालिकालाई धेरैभन्दा धेरै खेल्ने अवसर दिइनुपर्ने र मोबाइल प्रयोगमाथि पूर्ण रुपमा रोक लगाउनुपर्ने उल्लेख गरिएको छ। साना बच्चालाई एक घण्टाभन्दा बढी काख र कुर्सीमा राख्न हुँदैन। ३ महिना उमेरको बच्चालाई १४–१७ घण्टा र ४ देखि ११ महिना उमेरकोलाई १२ देखि १६ घण्टा सुत्न आवश्यक रहेको रिपोर्टमा उल्लेख छ ।दिनमा १८० मिनेट बालबालिकालाई अलग–अलग तरिकाको शारीरिक गतिविधिमा बिताउन प्रेरित गर्नुपर्छ। दुई वर्षभन्दा कम उमेरको बच्चालाई एक घण्टाभन्दा बढी समय टेलिभिजन तथा मोबाइल हेर्न दिन हुँदैन। उसलाई ११ देखि १४ घण्टा सुत्न आवश्यक हुन्छ।
शिक्षा हाम्रो मौलिक अधिकार हो। तर हाम्रो समाजमा आज पनि यस्ता थुप्रै मान्छे छन् जो ओखतिको बोतलमा लेखिएका निर्देशन पढ्न सक्दैनन्, आवेदन लेख्न अरूमाथि निर्भर छन्, सडकमा लेखिएका चिह्नहरू पढ्न नसक्दा दुर्घटनाका शिकार हुन्छन्, अरूबाट ठगिन्छन्।
जान कोरकोरनले आफ्नो पुस्तक ‘शिक्षक जो पढ्दैन’ मा लेखेका छन् कसरी उनी पढेर ग्रेजुएट भएर शिक्षक बने र पछि पढ्दै–पढाउँदै उनी सफल व्यापारी बने। पढ्दै जाँदा विस्तारै सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा ध्रुव सत्य हो। शरीरको अन्य मांसपेशीजस्तै मस्तिष्कलाई पनि सक्रिय राख्न व्यायाम आवश्यक हुन्छ, अन्यथा हाम्रो मस्तिष्क कमजोर हुँदै जान्छ। यस कारण भनिएको छ, ‘प्रयोग गर वा यसलाई गुमाऊ।’ चेस खेल्नु, पज्जल खेल्नु, हिसाब गर्नु मस्तिष्कको राम्रो व्यायाम हो। पढ्नु भनेको मस्तिष्कलाई सधैं सक्रिय बनाई राख्नु हो।
पढाइ मस्तिष्कको तनाव कम गर्नका लागि पनि आवश्यक छ। चाहे कामको तनाव होस् वा घरको, चाहे व्यक्तिगत तनावहोस् वा अन्य दैनिक जीवनमा आइपर्ने तनाव होस् यी सबै खाले तनाव कुनै कथाको किताबहोस् वा कोर्सको पढ्दा गायव हुन्छ।
कुनै राम्रो लेखकको किताबले हामीलाई एउटा यस्तो काल्पनिक दुनियाँमा लिएर जान्छ जहाँ हामी आफ्नो तनाव बिर्सेर त्यसैमा रमाउन थाल्छौं।हाम्रो ध्यान तनावबाट हट्छ र हामी आराम अनुभव गर्न थाल्छौं। यस कारण दैनिक जीवनमा आउने तनाव कम गर्न पढ्नु अति आवश्यक छ।
पढाइले ज्ञान प्राप्त गर्न सबैभन्दा बढी सहयोगी–भूमिका निर्वाह गर्छ। पढाइले हाम्रो मस्तिष्कमा नयाँ सूचना भर्ने काम गर्छ। तपाईंसँग जति बढी सूचना हुन्छ त्यत्तिकै बढी तपाईं चुनौतीको सामना गर्न सक्षम हुनुहुन्छ। यस कारण पढाइ हाम्रो मस्तिष्कको लागि खाजा र खाना दुवैको काम गर्छ । मस्तिष्कमा राम्रो खुराक छ भने जागिर पाउनु, अर्थार्जन गर्नु, स्वस्थ रहनु सजिलो हुन्छ। जति पढ्दै जानुहुन्छ त्यतिकै तपाईंको शब्द–ज्ञान पनि बढ्दै जान्छ। शब्द–शक्तिले गर्दा कसैसँग कुरा गर्न, कुनै कुरो लेख्न र जसलाई पनि आफ्नो शब्द–ज्ञानले गर्दा प्रभावित गर्न सक्नुहुन्छ। स्वमूल्याड्ढन गर्न सजिलो हुन्छ नयाँ स्मरण–शक्तिको विकास हुन्छ। पढाइले समस्याको पहिचान र त्यसको समाधान गर्न मदत गर्छ।
यहाँ विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरो के हो भने गृहकार्य गर्नु पढाइ होइन, ‘काम’ मात्र हो तर विडम्बना के छ भने आजभोलि विद्यार्थीहरू घरमा गृहकार्य मात्र गर्छन् र त्यसलाई नै अभिभावकहरू सन्तानले पढिरहेको ठान्छन्। पढाइ मनको शान्तिको लागि पनि आवश्यक छ किनभने राम्रो किताब वा आआफ्नो धर्मग्रन्थलाई पढ्दा हाम्रो रक्तचाप कम हुन्छ। आत्मविश्वासमा वृद्धि हुन्छ क्यारियर बन्छ र जागिरमा तपाईंले प्रोमोशनसमेत पाउनुहुन्छ।
नेपालमा बालबालिकाको अबस्थालाई नियाल्दा बिपद्धको समयमा नेपाल भर संचालित ५ सय ३३ बालगृहमा रहेका १५ हजार ४५ जना, ५ वटा सुधारगृहमारहेका ८ सय २७ जना, सडक बालबालिका १३, पुर्नस्थापना केन्द्रमा रहेका ४ सयजना, बाल हेल्प लाइन १०९८ को अस्थायी संरक्षण केन्द्रहरुमा ८२ जना गरि १६ हजार ३ सय ५४ बालबालिकाहरुलाई विशेष राहात घोषण गर्न नेपाल सरकारसँग बालबालिकाका निमित्त गैरसहकारी संस्था महासंघले अनुरोध गरेको छ।
बिपद्धमायी बालबालिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था वा सहयोगी ब्यक्तिहरुको सहयोगबाट पालन पोषण गरिएकोहुदा आजको यो विषम परिस्थितीमा तिसंस्था ब्यक्तिहरु आफै पनि आ आफ्नो घरमा बन्दी हुनु परेको र विश्वको नैसम्पुर्ण आर्थिक गतिविधिहरु पुर्णरुपमा ठप्प भएको हुँदा ती बालबालिकाको लागि नेपाल सरकारले संरक्षित बालबालिकाको लागि विशेष राहतको ब्यबस्थागर्न नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बिषेश पहलमा स्थानिय सरकारले र बालबालिकाको क्षेत्रमा कामगर्ने अन्ततर्राष्ट्रिय र राष्ट्रिय, राष्ट्रिय र स्थानिय ग्रैह सरकारी संस्थाहरुले स्थानिय संचार माध्यामसंग सहकार्य गरेर बालबालिकालाई सम्भाबित नकारात्मता बाट सकरात्मक बाताबरणमा लैजानु पर्ने देखिन्छ।
पारदर्शी र जबाफदेहीताका साथ स्थानिय सरकारको अगुवाईमा बालबालिका केन्द्रित कार्यक्रमहरु संचालन गर्न जरुरी छ। प्रदेश स्तरिय जिल्ला र पालिकास्तरिय बालबालिका सम्बन्धि संजालहरुको परिचालन गर्न जरुरी छ। प्रत्यक पालिकामा बालअधिकार समितिको गठन र परिचालन गर्न जरुरी छ । जुन संरचनाको माध्याम बाट समग्रमा बालबालिकाको संरक्षण र बिपद्धमा परेका बालबालिकाको उद्धार र राहत प्याकेज घोषणा गर्न अपरिहार्य भएको छ। बालबालिका शान्ति क्षेत्र अभियान लाई सार्थक बनाउन घरपरिवार,आफन्त देखि समुदायमा र शिक्षालयमा शान्तिको बोध गराउने बाताबरण बनाउनु जरुरी छ।
बालबालिकाका लागि स्वास्थ्य सचेतना, खेल मनोरन्जन, मनोबिमर्श परामर्श सेवाहरु घरघरमा सुरु गर्न ढिलो गर्नु हुँदैन। मनोबल गिराउने खालका कुराहरु, छलफलहरु, समाचारहरु र प्रचार प्रसारमा रोक लगाउन बिलम्ब गर्नु हुँदैन। कोरोनाको कहर भित्र बालबालिका कसरी बाँचिरहेका छन।
प्रबिधिको प्रयोगको पहँचबाट टाढा कतिबालबालिका छन। दैनिक मजदुरी गरेर चुलोमा आगोबालेर छाक टार्ने बालबालिकाको घरमा कस्तो मनोबैज्ञानिक असर र प्रभाब परेको होला। हुनेखानेहरुका बालबालिकाहरु र हुँदा खानेहरुका बालबालिकाहरु र अर्काको संरक्षणमा कसैले दान गरेमा मात्र खान पाउने बालबालिकाहरु छन्।
बालबालिकाको सवाल अति संबेदनशिल हो।संबेदनशिल क्षेत्रमा काम गर्ने पक्षका पात्रहरु पनि उत्रिकै संबेदनशिल भएर न्युनतम मापदण्ड पुरा गरेर जस्को जुन क्षेत्रमा बिज्ञता छ सोही अनुरुप काम गर्न जरुरी छ। बालबालिकाको क्षेत्रमा वर्षौ काम गरि सकियो सयौं संस्थाहरु काम गरिरहेका छन तर बालअधिकारका गोष्ठी र सेमिनार गर्ने तारेहोटलमा बालबालिकालाई काम गर्न मुक्त गराईदैन किन बाल श्रम ज्युका तिउ छ।
सामान्य अबस्थामा पनि किन २० वर्ष मुनिका बालबालिकाहरु गाडीको गुरु जी खलासी भाई बन्दै हिड्नु परेको छ आज किन बालिकाहरुले बालबिबाह गर्न बाध्य हुनु परेको छ। आज किन अनेकन दुब्र्यब्सनीमा नै बालबालिकाहरु नै बढी प्रयोग भैरहेका छन्। संकटकालिन,आपत्तकालिन अबस्थामा अत्यन्त जोखिममा रहेका बालबालिकाको संरक्षण गर्नु अत्यन्त पुण्यकाम हुनेछ।
तत्काल गर्नुपर्ने कार्यहरु
१ तथ्यांक संकलन,जोखिम बिश्लेषण,योजना तर्जुमा,कार्यान्वयन र अनुगमन।
२ बालमैत्री बातावरण, तीव्र जाँच, सहज उपचार र संरक्षण।
३ हिंसारहित पारिवारिक र सामाजिक बातावरण, संरक्षण कलस्टर निर्माण।
४ फुड बैङ्कको स्थापना भण्डारण र आपुर्ति ब्यवस्थापन।
५ बालबालिका सम्बन्धि जोखिमको पहिचान बिश्लेषण राहत उद्धारका कार्यक्रम संचालन।
६ मातृशिशु तथा बाल मृत्युदर रोकथामको पुर्बतयारी सुत्केरी आमाको पहिचान हटलाइन र आपत्तकालिन यातायात ईम्रजेन्सी एम्बुलेन्स सेवाको तयारी।
७ बालमनोबिमर्श र अन्तरक्रिया परामर्श कार्यक्रम संचालन कारोनाको प्रभाब र बालबालिका संरक्षण रेडियो कार्यक्रम संचालन।
८ जोखिममा परेका र संक्रमित बालबालिकालागि अलग्गै आईसोलेशन र क्वाराइनटेन सेवा कक्षको तयारी र ब्यबस्थापन स्वास्स्थ्य सेवासंग नियमित कार्यक्रमलाई संचालन गर्ने र सेवादिने बाट बन्चित नहुने बिधीको तयारी गरि आपत्तकालमा पनि सेवा प्रबाह गर्न सक्ने जनशक्तिको ब्यवस्थापन।
९ नियमित अभिलेखिकरण, दस्ताबेजिकरण र सुचना आदान प्रदान स्वास्थ्य सेवा र प्राबिधिक सेवाको पुर्बतयारी मनोसामाजिक मनोबिमर्शकर्ताको तयारी र परिचालन।
बालअधिकार र बालसंरक्षणको सवाल हरेक कलस्टरमा उठ्नु र संरक्षणका लागि तुरुन्तै पहलकदमी लिईहाल्न जरुरी छ।
समग्रमा हरेक घर परिवारमा बालबालिकाका लागि मनोबिमर्श तथा परामर्श सेवाको जरुरी छ। दैनिक अध्ययन लेखन र मनोरन्जनको समयतालिका तयारी हुनु जरुरी छ।
सबै सरोकारवाला मिलेर लकडाउनमा रहेका बालबालिकालाई सेफजोनमा परिणत गर्ने प्रयत्न गर्न बिलम्ब गर्नु हुँदैन। बिपत्तमा परेका बालबालिका लाई उद्धार गर्न संरक्षण गर्न सरकारसंग हातेमालो गर्न लकडाउनले नरोकोस,हुँने खानेहरुले हुँदा खाने हरुलाई र बिपत्तमा परेका लाई सहयोग गर्न,घरमै बालमैत्री बाताबरण सृजना गर्न,बालबालिकाको बालमनोबिज्ञान बुझेर सहयोग ब्यबहार गर्न,सकारात्मक सोच र सहयोगी संस्कृतिको बिकास गर्न नरोकियोस्। कोरोनाको भयसंगै सम्भाबित बालहिंसा महिला हिंसालगायत सामाजिक, राजनैतिक र धार्मिकहिंसा र द्धन्द्ध रोक्न बिलम्ब नगरौं ।
(लेखक बालबालिकाका क्षेत्रमा कार्यरत गैसस सादा नेपालका संस्थापक अध्यक्ष तथा बालबालिका सम्बन्धि बिभिन्न संजालहरुमा आवद्ध छन्।)