दक्षिण कोरियामा रहेका नेपालीले पठाए ४ हजार किट



दक्षिण कोरिया। कोरोनाविरुद्धको अभियानका लागि दक्षिण कोरियाका नेपालीहरुले नेपाललाई चार हजार कोरोना टेष्टिङ किटसहित ७५ लाखभन्दा बढीको औषधिजन्य सामग्री पठाएका छन्। उनीहरुले पठाएको सामान शुक्रबारै काठमाडौं पुग्ने बताइएको छ।

कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा संक्रमण देखा पर्नुपूर्व नै सम्भावित जोखिमलाई ध्यानमा राखेर ‘एक व्यक्ति, एक हेल्थ किट अभियान’ सुरु गरेका थिए।

अनलाइन खबरका अनुसार नेपालीहरुले पहिलो चरणमा ४२ हजार डलर भन्दा बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीई लगायतका सामान नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए। गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा अभियान सुरु गरिएको थियो ।

अभियान सुरु गरेको चार दिनमै १४ करोड २६ लाख ३७ हजार सात सय ७९ वोन अर्थात् एक करोड ४० लाख ७९ हजार सात सय ७५ रुपैयाँ संकलन भएको थियो ।

मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको उपाध्यक्ष यदु लामिछानेले बताए ।

कोरियामा उत्पादित किटले कोरोना लागेरनलागेको तीन घण्टामा नतिजा दिन्छ । यसको मूल्य प्रतिकिट २० डलर पर्छ ।किटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भएलगत्तै किट खरिद गर्न नेपालीहरु सक्रिय भएर लागिपरेका थिए ।

नेपाल सरकारलाई कोरोनाविरुद्धको संघर्षमा सहयोग पुर्‍याउन केही सामग्री औपचारिकरुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई बिहीबार हस्तान्तरण गरिएको छ ।

अभियानबाट संकलित रकममध्ये अहिले पहिलो चरणमा चार हजार किट र पाँच सय थान हाइ सेन्सेटिभ कोभिड किट्स ९एचपीपीई० सेट कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर शुक्रबार दिउँसो ३ः३० बजे नेपाल पुग्ने दूतावास स्रोतले बताएको छ ।

अभियान समाप्त भएको केही दिनमै उपकरण नेपाल पठाउने भनिएतापनि नेपाल(कोरिया हवाइ मार्ग बन्द भएका कारण केही समय ढिलो भएको हो । त्यस्तै, दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको पनि एनआरएनए महासचिव विमल सुवेदीले जानकारी दिए ।

दोस्रो चरणको सहयोग चीनबाट नेपाल जाने सामग्री नेपाल सरकारबाट हुने चार्टर्ड विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले बताएको छ ।

नेपालीहरुले पहिलो चरणमा ४२ हजार डलरभन्दा बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीई लगायतका सामान नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले अनलाइनखबरलाई बताए। दुई चरणमा गरेर ७५ लाख रुपैयाँ बराबरको सामान नेपाल पठाइने उनले जानकारी दिए ।