काठमाडौं। प्रधानमन्त्री कार्यालयको आधुकारिक फेशबुक पेज डियाक्टिभ गरिएको छ।
लकडाउनका कारण काठमाडौंमा अप्ठ्यारोमा परेकाहरुलाई गाउँ फर्कन दुई दिनको समय दिने समाचार सार्वजनिक भएको दुई घन्टा नबित्दै सरकारी निर्णय विवादीत बन्यो।
उक्त निर्णय नभएको समाचार बाहिरिएपछि सरकारमाथि चौतर्फी आलोचना भएको छ। प्रधानमन्त्री कार्यालय, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्रालयको फरकफरक सन्देश प्रवाह भएपछि चर्को आलोचना भएको हो।
कतिपयले संचारमाध्यमको बिश्वासमाथि नै आशंका व्यक्त गरेपछि यो सुचनाको स्रोत सबैले खोजिरहेका थिए। सरकारको आधिकारिक फेसबुकमा पनि बाहिर जान दिने निर्णय भएको सुचना राखिएको थियो ।
यो सूचना प्रधानमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको खुलेको छ। प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज मा नै यो सूचना पोष्ट गरिएको छ।
‘लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरिय समितिको बैठकले भोलि र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ।’ पेजमा पोष्ट गरिएको सूचनामा भएको थियो। तर फेरि अपडेट भन्दै प्रदेश सरकारले अनुमती नदिएको भन्दै निर्णय रद्द गरिएको भनिएको छ।