‘लभ यु प्रकृति’



प्रतिक्षा पल्लवी

खै, कसरी सम्बोधन गरौं, तिमीलाई। तिमीबिनाको जीवन खै के जीवन ? सायद तिमी हुँदैन थियौ भने म जन्मिनु र रमाउनुको अर्थ रहँदैन थियो होला। व्यर्थ लाग्ने थियो तिमी बिनाको जीवन। तिमी नभएको भए म अधुरो र अपुरो हुने थिए। मैले यति भनिरहँदा तपाईंलाई लाग्न सक्छ, कुनै प्रेमीलाई सम्बोधन गर्दैछ भनेर। अहँ तपाईहरुले जे सोच्नुभयो त्यो सही आँकलन होईन। अब म तपाईंको आकंलनलाई जवाफ दिने प्रयास गर्नेछु।

साच्चिकै तपाईं हामीले पाएको जीवन कति आनन्द छ। कति मूल्यवान छ? कति अर्थपूर्ण छ। अनि हामी जन्मिएकोमा खुशी पनि त छ। फेरि भन्नू होला कति मान्छेलाई दुःख पिडा छ। यसलाई आनन्द लायो ? जीवनको एक साथीका रुपमा रहने दुःखलाई बेल्कुल मैले नजरअन्दाज गरेकी होइन। मान्छे भएर जन्मिएपछि थुप्रै दुःख पिडा सहनुपर्छ। दुःख विनाको जीवन आखिर के जीवन ? जिउनुको पनि त मज्जा हुनु पर्यो नि। जीवन चक्रसँगै दुःखले पनि फन्को मारिरहन्छ।

माथि उल्लेख गरिएको प्रेमील सम्बन्ध कुनै व्यक्तिलाई स्मृतिमा राखेर गरिएको होइन। मैले प्रकृतिलाई सम्बोधन गरेकी हुँ। म त्यो प्रकृतिको बयान गर्दैछु कि आज मलाई यसरी जिउन सिकायो। खुशी हुन सिकायो। बाँच्न सिकायो। साच्चै नै कति आनन्द छ। हामी जन्मिएको संसार, प्रकृतिको अनुपम छहारिमा हुर्किएर यस्कै काखमा लडिबुडि गर्न पाइरहेका छौ।

तपाईंहरुले प्रकृतिलाई कसरी नियाल्नु भएको छ? त्यो मलाई थाह छैन। तर, मैले यसलाई यति नजिकबाट नियालेर महसुस गरेकी छु। हुन त हाम्रो जन्म मानव जीवनबाट भयो। जन्मिनु ठूलो कुरा होइन रहेछ। जब हामी मानव भएर त जन्मियांै। तर, काही हाँसी खुशी त काही दुःखी भएर बाँची रहेका हुन्छौं। आखिर जन्म त भगवानले सबैलाई दिएको छ। कसरी जिउने हामीमा भरपर्छ।

आहा कति सुन्दर नाम छ ‘प्रकृति’। साच्चिकै नाम जस्तै सुन्दर र अनुपम लाग्छ। असाध्यै राम्रो लाग्छ प्रकृतिसङ्ग रमाउन र खेल्न! लाग्छ सधैभरि यसरी नै लडिबुडि गरिरहु तिम्रो काखमा। तिमी सोह्र सिरिङगारले भरिपुर्ण छौं रत तिमी साच्चिकै यती राम्रीछां।ै प्रकृति तिम्रो बारेमा जति बयान गरेपनि कम हुन्छ। म तिम्रो बारेमा अपुग बयान गरे लज्जीत बन्न चाहन्न। तिमीमा दुनियाँलाई लोभ्याउने ठूलो शक्ति छ। संसारलाई सन्तुलनमा राख्ने शक्ति छ। विश्वका सात अर्वभन्दा धेरै मानिसहरु तिम्रो काखमा पुग्दा संसारलाई नै भुल्ने गर्छन। त्यो तिम्रो स्वच्छ र सफा कलकलाउँदो जवानीको काखामा पल्टेर रमाउन चाहनेहरु मध्यमा म पनि एक हु। तर, तिमी यो न सोच्नुकि प्रकृति तिम्रो चरित्र हत्या गर्यो भनेर। म त तिमिलाई औधी प्रेम गर्ने एक प्रेमीका हुँ। लाग् तिमी हुन्थेनौं थियौ भने म पनि रहने थिएन।

तिमिलाई त मैले हरेक सुख दुखको साथी बनाएकी छु। सानो सानो चोटहरुलाई सहजै स्वीकार्न सक्छु जस्तो लाज्छ तिम्रो काखमा बसेर। जब म पिडामा हुन्छु तब तिम्रो सामु आएर दुख पोख्ने गर्छु। साच्चै नै मलाई तिम्रो नशा नै भैसकेको छ। जसलाई पागल प्रेमीभन्दा फरक नपर्ला। त्यो पागल प्रेमी मै हुँ। जिन्दगीमा जतिसुकै दुख पिडा किन न आउन तिमिलाई एउटा असलसाथी सम्झेर दुख पोख्ने गरेकी छु रत मेरो मन हल्का हुनेगर्छ।

साच्चिकै प्रकृति तिमी कति माहान छा। सानोमा कसैले गाली गर्यो। मन दुखायो भने आमाको काखमा गएर रुने बानि परेको थियो। जब ठूली भए कसैले मन दुःखाउदा, चोट दिदा तिम्रो सामु आएर रुने गर्छु। तिम्रो भरिभराउ सुन्दर काखमा तिम्रो त्यो न्यानो स्पर्सले मलाई मनदेखि नै छुने गरेको छ। अनि आफैमा अनुभुति हुन थाल्दछ। त्यो हावाको वेगसंगै रमाउनुको कत्ति आनन्द रहेछ। जब तिमी सुसेली हाल्दै बयली खेल्छौ प्रकृति तब म पनि सारा दुःखलाई भेलेर तिमीसँगै रमाउने गर्छु। जब तिमी मुसलधारे पानी परेक बेलामा अरुलाई शितलता प्रदान गर्छांै। चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजले तिमी गुनगुनाई रहेकी हुन्छौं। जब तिमी बसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छौं। तब लाग्छ मेरो जीवन नि तिमीसँगै फूुलि रहेकछ।

पालुवासरि जब तिमी पलाउछौं, मेरो जवानी पनि यसरी नै पलाई रहेको छ। था छैन कुन भमराले, टपक्कै टिपेर लैजान्छ ? यस्तै यस्तै सोचिरहेकी हुन्छु। म आजभोलि, तिमीलाई सम्झेर तिमीसंगै कुरा गरिरहेकी हुन्छु। तिम्रो छेउमा बसेर, धेरै सपना बुनिरहेकी हुन्छु। प्रकृति म तिम्रो बयान गर्नै सक्दिन, हरपल हरबखत,हर सुख दुःखको साथी बनाएकी छु।

मैले तिमिलाई तिम्रा हरेक दुःख पिडालाई म बुझ्छु। तर, के गर्न सक्छु? म तिम्रो लागि। तिमी त अरुलाई खुसी बनाएर आफू दुखी हुने प्रकृति पो हौं। अरुको पिडा सुनेर आफ्नु पिडा अरुलाई सुनाउन सक्दिनौं। अरुलाई खुशी दिएर आफू दुखमा रमाउने साच्चै कति महान छौं। मेरो तिमी प्रकृतिको यो अटुट, अथाह प्रेम सधैभरी जगाएर राख्नेछु। आफैसंग जबसम्म म र मेरो जीवन रहन्छ। तबसम्म तिमी एक्लो महसुस कैले न गर्नु। म आफ्नु पुरै जवानी तिम्रै काखमा लडिबुडि गर्दै रमाउन चाहान्छु। बिताउन चाहान्छु सधै भरी। जीवन एउटा यात्रा रहेछ।

यो यात्रासंगै सहयात्रा गर्ने कमै भेटिन्छन्। त्यसैले तिमी जो छौ मेरा प्रत्येक यात्रामासंगै सहयात्री बनेकी छौं। प्रत्येक एक्लो पनको साथी बनेकी छौँ। अरुसँग दु: ख पोखे, गुनासो गरे गीत बन्छ कथा बन्छ। तिमी जो छौ मेरा हरेक गुनासा दुख पिडा सुन्ने गर्छौ न अरुलाई सुनाउछौ न त गत कथा नै बनाई दिन्छौ। साच्चिकै भाग्यमानी छु प्रकृति तिमी जस्तो साथी पाएकोमा। हरेक सुख दु:खको साथी पाएकोमा। धन्ने छ तिमीलाई। न कसैसंग रिस न राग छ न त घमण्ड। लभ यु प्रकृति।