कालीकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाले आजदेखि सिमा नाकामा प्रहरी परिचालन गरेको छ।
गाउँपालिकाले लालु र रुप्साको सिमानामा प्रहरी परिचालन गरेको हो। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट आफ्ना नागरिकको सुरक्षाका लागि गाउँपालिकाले २ वटा मुख्य नाकामा प्रहरी परिचालन गरेको छ।
गाउँमा कोरोनाभाईरस फैलिन नदिनका लागि २ वटा नाकामा १० जना प्रहरी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए।
उनले अछाम र कालीकोटका मुख्य यी दुई नाकाबाट कोही आएमा क्वारेन्टाईनमा राखिने समेत जनाए। नरहरिनाथमा अछामबाट धेरै नागरिक आउने भएकाले यी दुई नाकामा कडाई गरिएको अध्यक्ष विष्टले बताए। उनले सरकारले गरेको लकडाउनलाई नरहरिनाथले पूर्ण रुपमा पालना गरेको जनाए।
उनले कुनै पनि नागरिकले आवत जावत नगरिदिन अनुरोध समेत गरेका छन्। सोही शिलशिलामा नरहरिनाथ गाउँपालिकामा रहेका २ सय ८० जनालाई खाद्यन्न समेत वितरण गरेको अध्यक्ष विष्टले बताए।