काठमाडौँ। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई न्युनीकरण गर्नका लागि सरकारले आफ्नो तयारी जारी राखेको छ।
कोभिड १९ लाई नजिकबाट हेरिरहेका सरोकारवालाहरु तथा जानकारहरु भने सरकारको तयारीलाई फितलो र सन्तोषजनक नभएको टिप्पणी गरिरहेका छन्। सरकारले विदेशबाट फर्किएका नागरिकहरुको कोरोना परिक्षण गर्ने काममा निक्कै ढिलासुस्ती गरेको भन्दै सामाजिक अभियन्ता नरबहादुर कार्कीले आफ्ना सुझाव दिएका छन्।
उनले बुधबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘कहाँ सुतेका छन् जो जाग्न जरुरी छ ? आठ कक्षा पासा गरेको कुनै पनि केटाकेटिले बुझने भाषामा विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘लकडाउनका साथ साथै समुदायलाई कोरोना बिरुद्दको लडाईंमा सहभागि गराउ, समुदायलाई शक्ती देउ। आँकडाको खेल र प्रशासनिक बन्द मात्र समाधान होइन, स्वास्थ्य संस्थाको क्षमता बृदि गर, हात मुखको जोहो गर्न मुस्किल परिवारलाई विचार गर, लकडाउनले पार्ने आर्थिक मारलाई विचार गर्दै शिलशिलेवार योजना बनाउ, समुदाय परीचालन गर।
यो भाषा बुझ्न कठिन त छैन होला? किन भन्दा महामारिका तरङहरु कहिले सम्म र कसरी आउछन भन्ने यकिन गर्न कसैले सक्दैन। अहिले गृह र रक्षा संयन्त्र केन्द्रमा छ र उसैका योजना मात्र चलिरहेका छन्। जनस्वास्थ्य र स्थानीय तहका सरकारलाई प्रशासनका हल्कारा बनाइएको छ। वडा वडामा जनताको अगुवाइमा कोरोनाविरुद्द अनिश्चित समयको लागि लड्न सामुहिक शक्ति निर्माण गर्नुपर्छ। दुई हप्तापछि कोरोनासँगको कुरुक्षेत्रको लडाई अन्त्यको शंख फुकिने वाला छैन। बेतुकका फोटो खिच्ने र राहत बाडने होइन, यो कोहीबाढी पीडितको ब्यवस्थापन होइन, अलिकती पनि होस् हवास बाँकी छ भने तुरुन्तै स्थानीय तहलाई आफ्नो दिर्घकालिन ब्यवस्थापना गर्ने मार्ग निर्देश गरियोस्।
कहाँ सुतेको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय ? कहाँ छन् नेपाली गरीबका मसिहा दाताहरु ? वडा र बस्ति स्तरमा के हुँदैछ ? के हुनु पर्थ्यो ? सबैका अफिस सधैंको लागि बन्द भएका हुनर? कोरोनापछी लकडाउनलाई खुकुलो पार्ने, तर महामारी नहुन तिर कसैले सोच्दै छौ ? परिक्षणको तीव्रता त हाम्रो हातमा छ नि? तर बिरगन्जमा दैनिक ५, नेपालगन्जमा दैनिक ५ अनी कर्णालीमा दैनिक १५ वटा परिक्षणको मतलब यो हो कि, हामी लकडाउनलाई एक मात्र आरामदायी रणनीती मानेर सुतेका छौं। अरुलाई बुद्दु बनाउन सकिएला, तर बिज्ञान र भाईरसलाई बुद्दु बनाउन सकिन्न। अहिले पनि अन्दाजी हजार सन्क्रमित देश भित्र हुन सक्छन। तर, कहाँ छन् ? अनी तिनको खोजी, भाईरसको नियन्त्रण र टोल समुदायको रक्षा नागरिकन खाली लकडाउनमा भर पर्न सकिन्न।
संकास्पदलाई क्वार्न्टाइनमा राख्ने चरणबाट अगाडि बढीसकेको अवस्थामा परिक्षणको दायारा फराकिलो अनी समुदायको चरणबद्द योजना बनाएर अघी बढदैछ त? देश भरी स्थानीय निकाय, जनताको शक्तिलाई कोरोनाबिरुद्द अबिलम्ब प्रयोग गरियोस्। भारतको सिमामा रहेका मजदुर नेपालीलाई नेपालको आफ्नै क्वार्न्टाइनमा ल्याएर राखियोस्। किनकी भारतमा भयावह अवस्था आयो भने सिमानामा गोली चलाऊन मिल्दैन। उनीहरुको नागरिक अधिकार, जीवन रक्षाको अधिकार र राज्यबिहिन नहुने अधिकार हो। बङलादेशमा रहेका हजार जना विद्यार्थी त्रस्त गुहार गरिरहेका छन्। अबिलम्ब ल्याइयोस्।
अचानक महामारी फैलिएको बेलामा ल्याउनु भन्दा अहिले नै ल्याउनुभन्दा अहिले नै सिमावारी ल्याएर राज्यको क्याम्पमा राखियोस्। गाउँमा सबै बस्ती, टोल र शहरमा ३० घरको एउटा युनिट एक्सन टिम बनाएर परीचालन गरियोस्। मेरो काम भन्ने हो, र यसरी काम गर्दा कस्तो हुदो रहेछ भन्ने सिक्नु पर्ने भए सिम्ता गाउपालिका सुर्खेत, भेरी नगरपालिका जाजरकोट, लिम्चुङ्बुङ गाउपालिका उदयपुर, सिरान्चोस् सिरान्चोक गाउपालिका गोर्खासँग सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ।’