सुर्खेत। नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशले महामारीबाट पीडित बनेका कर्णालीबासीका लागि एक हजार प्याकेट चामल प्रदान गरेको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी मार्फत परिसंघले मंगलबार उक्त परिमाणको राहत सामग्री कर्णाली प्रदेश सरकारलाई प्रदान गरेको हो।
मन्त्री भण्डारीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘कोरोना भाइरस (कोभिड-१९) र खाद्य संकटको दोहारो चपेटामा परिरहेका नागरिककालागि एक हजार प्याकेट अत्यावश्यक खाद्य सामाग्री नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका अध्यक्ष टेकवहादुर भण्डारीले प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभयो।’
उनले अगाडि लेखेका छन्, ‘उहाँद्वारा प्रत्येक प्याकमा चामल ५ किलोग्राम, दाल २ किलोग्राम, चिउरा २ किलोग्राम, नुन १ किलोग्राम र तेल १ लिटर रहेको जानकारी। सहयोगका लागि परिसंघलाई हृदयदेखि धन्यवाद।’