पर्यटन ब्यवसायी थापाद्वारा कालिकोटका मजदुरलाई राहत प्रदान



काठमाडौँ। संघीय राजधानी काठमाडौँमा अलपत्र परेका कालिकोटका ४५ जना मजदुरलाई राहत सामग्री वितरण गरिएको छ।

राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बम र युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीको पहल तथा पर्यटन व्यवसायी रमेश थापाको सहयोगमा उक्त राहत सामग्री वितरण गरिएको हो।

 

सोमबार कर्णाली सन्देशमा राजधानीको भीमढुङ्गा र मुलपानीमा अलपत्र परेका ४५ जना मजदुरहरुलाई लकडाउनका कारण खान बस्न समस्या भएको समाचार प्रकाशित भएपछि व्यवसायी थापाले ती मजदुरका लागि करिब ३० हजारको राहत सामग्री प्रदान गरेका हुन्।

मंगलबार पर्यटन ब्यवसायी थापाले दुई क्वीन्टल ५० केजि चामल, १५ केजि दाल र दुईपेटी खाने तेललगायतका सामग्री प्रदान गरेका हुन्।

कालिकोटको नरहरिनाथ गाउँपालिका, राष्टकोट नगरपालिका र पचालझर्ना गापाका ४५ जना मजदुर राजधानीमा अलपत्र छन्। ति बाहेक सोमबार मात्रै ४८ जना मजदुरलाई पनि नेता बम र अध्यक्ष गिरीको पहलमा राहत सामग्री प्रदान गरिएको थियो।

तस्बिर: धनराज वास्तविक