जुम्ला। सिंगो नेपाल र छिमेकी प्रदेश सुदुरपश्चिममा कोरोना भाइसर संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाउन विभिन्न तयारीमा जुटेको छ।
कर्णालीमा भारत र तेस्रो मुलुकबाट आएकाहरुको संखया धेरै भएका कारण कसरी सुरक्षा अपनाउने ? भन्ने विषयमा स्वास्थ्य क्षेत्र र सरोकारवाला निकायहरुलाई बढि सक्रिए बनाउन थालेको हो।
कर्णाली प्रदेश सरकारले तयार गरेको रणनीति अनुसार प्रदेशका तीन अस्पताल मध्य सवैभन्दा बढि स्रोत साधन र जनशक्ति भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारीलाई अहिले सबैले हेरिरहेका छन्।
कोरोना भाईरस विरुद्ध लडन रोकथाम र उपचारलाई बलियो बनाउने बिषयमा प्रतिष्ठानमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला पुगेका छन्। मन्त्री भण्डारीका अनुसार कोरोना भाइसर (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचालाई प्रभावकारी तुल्याउनका लागि कोरोना परिक्षण प्रयोगशाला स्थापनार्थ पहल गर्नेलगाएतका विभिन्न निर्णय गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिचालन तथा ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानले आइसाोलेसन वार्ड, १२० वटा, आइसियु १० वटा, भेन्टिलेटर ५ वटा निर्माण गरेको छ। मन्त्री भण्डारीको अध्यक्षतामा आईतबार कर्णाली प्रतिष्ठान जुम्लाको वैठकमा जुम्लाका प्रदेशसभा सांसद पदम रोकाया, दिनवन्धु श्रेष्ठ, पूर्व राज्यमन्त्री बलबहादुर महत, जिल्ला समन्वय प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेसहित पदाधिकारी र उच्च स्तरको व्यक्तिहरुले कोरोना विरुद्धको लडाई जित्न सक्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन्।