पञ्चा सिंह
मानव जगत कोरोनाको करहमा त्राहिमाम बनेको छ। यसको मारमा नेपाल र नेपाली समूदाय पनि परेको छ। म केही दिनदेखि सुर्खेतको पञ्चपुरि नगरपालिकामा छु। यो पालिकामा भारतबाट झण्डै दुई सयभन्दा बढि मान्छे गाउँमा आएको तथ्यांक छ। यो पालिकाको अवस्थाले कर्णालीको प्राय गाउँहरुको अहिलेको अवस्थाको प्रतिनिधित्व गर्दछ भन्ने मेरो बुझाइ हो।
पुर्वतयारीका काम
१. भारतलगायत अन्यत्रबाट आउनेहरुको वास्तविक तथ्यांक संकलन गर्ने।
२. बाहिरबाट आएकालाई यथासिध्र आवश्यक स्वास्थ्य परिक्षण गर्ने।
३. परिवार र समाजमा भेटघाट जोखिमपुर्ण छ भन्ने सचेतना जगाउने।
४. आएकाहरु लाई सेल्फ क्वारेन्टाइन र क्वारेन्टाइनमा राख्ने।
५. नमाने सुरक्षाकर्मीको सहयोगमा क्वारेन्टाइनमा राख्ने र गाउँमा हिडडुल बन्दगर्ने।
६. सेल्फ क्वारेन्टाइन र क्वारेन्टाइनमा राखिएकाको तत्कालै नमुना परिक्षणको पहल गर्ने।
७. गाउँ समाजमा बस्नेहरुलाई अनिवार्य लकडाउनको पालना गर्न सचेत बनाउने।
भइरहेका गतिविधिहरु
१. भारत लगायत अन्य ठाउबाट गाउँमा आएकाहरुको निर्वाध घुमफिर र भेटघाट जारि रहेको छ।
२. क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्न आब्हान गर्दासमेत कार्यान्वयन नगरिएको।
३. बस्न चाहनेहरुका लागि उचित ब्यवस्थापन हुन नसकेको स्थिति छ।
४. स्वास्थ्य चौकिमा गएर हामी भारतबाट आएको हो, स्वास्थ्य परिक्षण गरिदिन पर्यो भन्दा टाढैबाट रुघा ज्वरो आए सम्पर्क गर्नु नत्र घर बस्नु भनिी फर्काइएको।
५ .घरघरमा एक एक पिस नुहाउने साबुन बाडिएको।
६. खानेपानीको ट्याङ्कीमा किट्नाषक औषधि बाटो बाटोको एरियामा छर्किएको।
७. गाउमा भेटघाट हिडडुल निर्बाध रहेको। अहिलेसम्म हिड्न डुल बन्द गरौ घर बसौ भन्ने, नमानेमा आवश्यक कारबाहीको कुनै पहल नभएको। जहाँ रेडियो टेलिभिजन पहुचसमेत सबै जनतामा छैन।
८.आर्थिक परिचालनमा स्थानिय निकाय नै स्वायत्त छ। केन्द्र र प्रदेश सरकारबाट पनि आवश्यकता अनुसार व्यवस्थापनको मनग्ये पहल भईरहेको छ।
९. आर्थिक परिचालन रोग टाउकोमा औषधि नाइटोमा होला भन्ने खतरा बढेको।
१०. जनप्रतिनिधिहरुमा नै कोरोना आउला र ? होला र ? भन्ने बुझाइ निक्कै घातक र गैरजिम्मेवारपुर्ण बुझाइ रहेको छ। लकडाउन प्रभावकारि नहसँदा समस्या पैदा गरेको छ।
गर्नपर्ने कामहरु
१. पञ्चपुरि नगरपालिका ,बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सरकारको पहलमा तत्काल र्यापिड परिक्षणको ब्यवस्थापन गरियोस्।
२. तुरुन्तै क्वारेन्टाइनको पर्याप्त व्यवस्थापन गर्ने।
३. परिवार र सम्बन्धित ब्यक्ति लाई क्वारेन्टाइन बस्ने भनेको यातना नभइ सुरक्षित रहने ब्यवस्थापन हो भन्ने बुझाइका लागि सचेतना जगाउनु पर्ने।
४. पहिलो चरण बाहिरबाट आउनेहरुको नमुना परिक्षणमा बिलम्ब नगरि नमुना संकलन सुरुवात गर्न पर्ने।
५. क्वारेन्टाइनमा कोहि आए ब्यवस्थापन गरौला भनेर कुरेर बस्ने भन्दा पनि कति लाई राख्ने, कतिको नमुना परिक्षण गर्ने योजना सहित तुरुन्तै बाहिर बाट आउनेलाई परिवार र समाजबाट अलग राख्ने।
६. समस्या देखिहाले अहिलेसम्मको लापरबाहीको कारण परिवार मात्र नभइ गाउ नै क्वारेन्टाइन गर्न पर्ने जोखिमको पुर्ब तयारि समेत गर्ने।
७. स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हालको जगेडा जनशक्तिले ब्यवस्थापन थेग्न नसक्ने जटिलतालाई ख्याल गर्दै आवश्यक जनशक्ति माग र पुर्तिको लागि प्रदेश र केन्द्र सरकार गम्भीर बन्नु पर्ने।
८. न्यून आय स्रोत र ज्यालादारीमा आश्रित घरपरिवारहरुका लागि लकडाउन अवधि भर आवश्यक पर्ने खाधयान्न लगाएको राहत प्याकेजको तत्काल विधि निर्धारण गरि व्यवस्थापन गर्नु पर्ने।
९. सबैभन्दा जोखिममा रहेको सुर्खेत पश्चिम क्षेत्रका सुदुर पश्चिम प्रदेशसंग जोडिएका सम्पुर्ण नाकाहरु आज कै दिनबाट पुलहरु, फेरि र ढुङ्गा शिल गरि आवत आवत पुर्णतःबन्द गर्नुपर्ने।
यावत कारणले एउटा पालिका मात्रै होइन सिंगो प्रदेश र देश नै उच्च जोखिममा छ भन्ने कुरा प्रष्ट छ। जनप्रतिनिधि र सामाजिक अगुवाहरुको लापरबाही र उचित ब्यवस्थापनको अभावमा महामारी फैलिएमा जिम्मेवारी कस्ले लिने जवाफ अहिले नै खोजौ। समयमै दोस्रो चरणबाट तेस्रो महामारीको चरणमा प्रवेश गर्न नदिन कोरोनाविरुद्धको लडाइँमा बिना हेल्चक्राई जिम्मेवार बनौं।