काठमाडौँ। कालिकोटबाट मजदुरीका लागि भक्तपुरको हनुमन्ते खोलामा पर्खाल निर्माण कार्यमा खटिएका १९ जना मजदुरहरुले आइतबार राहत प्राप्त गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीको पहलमा उनीहरूले रातह प्राप्त गरेका हुन्।
सुर्यविनायक नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्ण ध्वजु र शिक्षसेवी लोकेन्द्र अर्यालको सहयोगमा उनीहरुलाई ७०केजी चामल, २५ केजी दाल, दुई पेटी तेला, तरकारी, साबुनलगायत सामग्री प्रदान, गरिएको अधयक्ष गिरीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।
अध्यक्ष गिरीका अनुसार उनीहरु खोलाको किनारामा पाल हालेर कठिनाइका साथ बसिरहेका छन्।
लकडानउनको अवधि अनिश्चत भएका कारण उनीहरुलाई बस्ने र खाने व्यवस्थाका लागि थप सहयोगका खाँचो रहेको छ।
हनुमन्ते खोलामा कालिकोटको नरहरीनाथ गापा, पचालझर्ना गापालगायत क्षेत्रका १९ जना मजदुरहरु छन्।