प्याब्सनद्वारा ठाकुरबाबा नपाको बिपत ब्यवस्थापन कोषमा ५० हजार


बर्दीया। नीजि तथा आबासिय विद्यालयको अर्गनाइजेसन प्याब्सन, ठाकुरबाबाले नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा ५० हजार जम्मा गरेको छ।

नीजि तथा आबासिय विद्यालयको अर्गनाइजेसन प्याब्सन, ठाकुरबाबाले आइतरबार नगरप्रमुख घननारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको प्याक्सन सदस्य रेशम थापाले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

कार्यक्रममा सदस्य थापासहित प्याब्सनका अध्यक्ष घनश्याम शर्मा अधिकारी, उपाध्यक्ष उदय केसी, कोषाध्यक्ष सुर्दशन पन्थी, सह-सचिव भक्तराज घोडाशैनी, दिपेन्द्र बुढा, विष्णु न्यौपानेलगायतको उपस्थिति रहेको थियो।